फीफा विश्वकपका लागि ३२ मुलकको समूह छनौट, कुन मुलुक कुन समूहमा हेर्नुस

  २०७४ मंसिर १६ गते ६:२४     विकासन्युज

काठमाडौं । विश्व फुटवल महासंघ (फीफा) ले अर्को वर्ष सन् २०१८ मा रुसको मस्कोमा हुने विश्वकप फुटवलमा भाग लिने मुलुकको समूह छनौट गरेको छ ।

विभिन्न महादेशबाट सहभागी हुने ३२ मुलुककलाई गोलाप्रथाबाट विभिन्न ८ समूहममा विभाजन गरेको छ । जसअनुसार समूह ए मा आयोजक रसिया, साउदी अरेविया, इजिप्ट र उरुग्वे परेका छन् । यस्तै समूह बीमा पोर्चुगल, स्पेन, मोरोक्को र इरान छन् ।

समूह सीमा फ्रान्स अष्टेलिया, पेरु र डेनमार्क, समूह डीमा अर्जेन्टीना, आइसल्याण्ड, कोस्टारिका र नाइजेरिया परेका छन् । समूह इ मा ब्राजिल, स्वीट्जरल्याण्ड, कोस्टारिका र सर्विया छन् ।

यसैगरी समूह एफमा जर्मनी, मेक्सिको, स्वीडेन र कोरिया, समूह जी मा बेल्जियम पानामा, ट्युनिसिया र वेलायत, समूह एचममा पोल्याण्ड, सेनेगल कोलम्बिया र जापान परेका छन् । विश्वकप सन् २०१८ को जुन १० अर्थात आउदो असारदेखि सुरु हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.