विदा नहुँदा हजारौ कर्मचारी मतदानबाट बञ्चित, निर्वाचन आयोग भन्छ विदा लिएर जान पाइन्छ

  २०७४ मंसिर ९ गते १४:१४     विकासन्युज

काठमाडौं । निर्वाचन हुने क्षेत्रमा मात्र सरकारले विदा दिएपछि अधिकाँश जिल्लामा कार्यरत कर्मचारी मतदानबाट बञ्चित भएका छन् । सरकारले पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मात्र विदा दिएको छ ।

ती जिल्लामा मतदाता नामवली हुने अधिकाँश सरकारी र बैंक तथा वित्तीय संस्थालगायत निजी व्यवसायीक प्रतिष्ठानका कर्मचारीले आफनो मतको प्रयोग गर्नबाट बञ्चित हुने अवस्था आएको हो ।सरकारले सार्वजनिक विदा नदिएका कारण काठमाडौ कार्यरत कर्मचारीले मतदान गर्न नुवाकोट, सिन्धुपाल्चोक र रसुवालगायत जिल्लामा मतदान गर्न विदा नपाएका हुन् ।

विदा नपाएर निर्वाचनमा मतदान गर्न नपाउने यस्ता कर्मचारीको संख्या हजारौ छ । निर्वाचन आयोगको शिफारिशमा सरकारले पहिलो चरणमा चुनाव हुने ३२ जिल्लामा मात्र सार्वजनिक विदा दिएको छ । बाँकी जिल्लामा विदा दिइएको छैन् ।

विदा नभएपछि कर्मचारीले मतदानमा भाग लिन नपाउने भएका हुन् । यस्तै २१ गते बाँकी ४५ जिल्लामा हुने दोस्रो चरणको निर्वाचनमा ३२ जिल्लामा कार्यरत कर्मचारी पनि मतदानबाट बञ्चित हुने भएका छन् ।

आयोगका सहायक प्रवत्ता मुकुन्द शर्मा सार्वजनिक विदा नभएको बताउन् । आफनो कार्यलयबाट विदा लिएर मतदान गर्न जान सक्ने उनले बताए । विदा लिएर जानेलाई खासै अप्ठेरो नपर्ने उनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.