चर्पी सुधार्ने मुलुकहरुमध्ये नेपाल विश्वकै चौथो, भारत अझैं पुछारमा

  २०७४ मंसिर ८ गते १३:१४     विकासन्युज

काठमाडौं । नेपाल विश्वकै शौचालय सुधार गर्ने मुलुकहरुमध्ये चौथो स्थानमा परेको छ । वाटर एडले सार्वजनिक प्रतिवेदन अनुसार गरेको सन् २०१७ को शौचालय प्रतिवेदन अनुसार नेपाल सरसफाईमा सुधार ल्याउने उत्कृष्ट १० मुलुकहरुको सुचीमा परेको हो ।

सन् २००० मा खुला दिसापिसाब गर्ने मानिसहरुको संख्या ६५ प्रतिशत पुगेको थियो । सरसफाईमा तिव्र अगाडी बढ्दै गरेको सन् २०१५ मा खुला शौच गर्नेको संख्या ३० प्रतिशतमा झर्‍यो ।

सरकारको बलियो पहलकदमीका कारण सम्भव भएको वाटर एडको दाबी छ । सन् २०१५ को तथ्यांक अनुसार नेपालमा ८५ लाख मानिसहरु खुला शौच प्रयोग गर्छन् ।

खानेपानी तथा सरसफाई विभागका अनुसार हाल ९ प्रतिशत मानिसहरु शौचालयको प्रयोगबाट बञ्चित छन् । जसअनुसार २६ लाख मानिस खुला शौच गर्न बाध्य छन् ।

काठमाडौं उपत्यकामा ४६ हजार जनसंख्यामध्ये एउटामात्र सार्वजनिक शौचालय अपाङ्गमैत्री छ । आधारभुत शौचालय तथा सरसफाईको अभावमा वर्षमा करिब ७ सय जना बालबालिका झाडापखालाबाट पीडित छन् ।

विश्वका दश खराब सरसफाई भएको मुलुकमा अफ्रिकी मुलुकहरु परेका छन् । भारतमा करिब साढे ३५ करोड मानिस शौचालयबाट बञ्चित छन् । यसै तथ्यांकका आधार भारत शौचालयमा सबैभन्दा लामो लाइन भएको मुलुकमा अग्रस्थानमा परेको छ ।

लक्ष्य

सरकारको दिगो विकासको लक्ष्य अनुसार सबैका लागि पानी र शौचालयको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिक्षित गर्नुपर्ने उल्लेख छ । त्यस्तै दिगो विकासको लक्ष्य अन्तर्गत आगामी २०३० सम्म ९९५ घरधुरीमा पानीको पहुँच पुर्याअउने र ९५ प्रतिशत घरधुरीमा पाइपलाइनबाट खानेपानीको सुविधा तथा सुधारिएको शौचालय पहुँचको व्यवस्था गर्ने लक्ष्य रहेको छ ।

वाटर एडका अनुसार काठमाडौं उपत्यकामा मात्र ८४ वटा सार्वजनिक शौचालय रहेको जसमध्ये ९ को अस्तित्व नरहेको, २५ वटा निर्माणाधिन अवस्थामा रहेका र १ वटा शौचालय मात्र अपाङ्गमैत्री रहेको छ । उपत्यकाका ४६ हजार जनसंख्याका एउटा मात्र सार्वजनिक शौचालय आपाङ्गमैत्री रहेको छ । त्यस्तै गुणस्तरहिन शौचालयका कारण वार्षिक करिब ७ सय बालबालिकाहरु झाडापखालाबाट संक्रमित हुने गरेका छन् ।

हाल उपत्यकाका शार्वजनिक शौचालयहरुको सरसफाईको अवस्था खराब रहेको र पानीको पनि अभाव रहेको छ । त्यस्तै सरसफाइका लागि साबुन, सरफ र अन्य सामग्री पनि नरहेको पाइएको छ । शौचालयमा फोहोर व्यवस्थापनका लागि स्यानिटरी बिनको व्यवस्था पनि छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.