सेयर बजारमा ४६ करोडको कारोबार, समता माइक्रोफाइनान्सको सेयर मूल्य १०%ले वृद्धि

  २०७४ कार्तिक २३ गते १५:२८     विकासन्युज

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजारमा ४६ करोड ८२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन अघिल्लो दिन(बुधबार)को तुलनामा एक करोड रुपैयाँ घटी हो । बुधबारको बजारमा ४७ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । बिहीबारको बजारमा कुल १५४ कम्पनीको १० लाख कित्ता सेयर कारोबार भएको छ ।

बजारमा सेयर कारोबारका साथ साथै नेप्से परिसूचकमा पनि गिरावट आएको छ । बिहीबारको परिसूचक ५.८९ अंकले घटेर १४६०.७३ अंकमा अडेको छ ।

घटेको बजारमा पनि समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब १०प्रतिशतले बढेको छ । ९.९८ प्रतिशतले बढेको यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५५१ रुपैयाँ रहेको छ । जुन रकम बुधबारको तुलनामा प्रतिकिता ५० रुपैयाँ बढी हो ।

सबैभन्दा बढी रिलायवल माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.६ प्रतिशतले घटेको छ । त्यस्तै, उता बीमा समूहको परिसूचक सबैभन्दा बढी २४ अंकले राताम्मे भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.