राष्ट्र बैंकमा रहेको भारु साट्न भारतको आनकानी, पत्रचारमा सीमित

  २०७४ भदौ ३० गते १२:३१     विकासन्युज

काठमाडौं । नेपालको बैकिङ प्रणालीमा रहेका ५ सय र १ हजार दरका भारतीय रुपैयाँ (भारु) साट्न रिजर्व बैंक अफ इन्डिया (आरबीआई) आनाकानी गर्दै आएको छ ।

भारतले ५ सय र १ हजार दरका भारुमा प्रतिबन्ध लगाएपछि मात्रै नेपालका २ जना प्रधानमन्त्रीले भारत भ्रमण गरिसकेका छन् । भारु प्रतिबन्धपछि प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल र शेर बहादुर देउवाले भारत भ्रमण गरेका थिए ।

विभिन्न चरणमा वार्ता र पत्राचार भएपनि आरबीआईले नेपाल राष्ट्र बैंकमा रहेको ७ करोड ८३ लाख भारु साटन ढिलाइ गरिरहेको छ । राष्ट्र बैंकले पटकपटक प्रयास गर्दा पनि बैकिङ प्रणालीमा भएको ५ सय र १ हजार दरका भारु साट्न आरबीआईले ढिलाइ गरिरहेको राष्ट्र बैंकका सहायक प्रवत्ता राजेन्द्र पण्डितले बताए ।

यसअघि नेपालको बैकिङ प्रणालीमा भएको सबै र सर्वसाधारणसंग भएको भारु साट्ने सहमति जनाए पनि अझै पनि प्रक्रिया अघि नबढेको पण्डित बताउछन् । “बैंकमा भएको भारु कहिले साटिने हो अझै निश्चित भएको छैन” उनले भने “आरबीआईले साट्ने भन्दै आएको छ तर अहिलेसम्म साटेको छैन् ।”

भारतीय अधिकारीसंग सहमति भएपछि ६ महिना अघि नै अर्थ मन्त्रालयले नेपालीसंग रहेका प्रतिवन्धित ५ सय र १ हजार दरका साढे ४ हजार भारु साट्नका लागि प्रक्रिया अघि बढाउन नेपाल राष्ट्र बैंकलाई पत्राचार गरेको थियो ।

आरबीआई र भारतका वित्त मन्त्रालयका अधिकारीबीच ६ महिनाअघि काठमाडौमा भएको छलफलपछि बैंकमा भएको सबै र सर्वसाधारणको बढीमा साढे ४ हजार भारु साट्ने सहमति जनाएको थियो । सोही आधारमा अर्थ मन्त्रालयले पत्राचार गरी भारु सटहीको प्रक्रिया अघि बढाउन राष्ट्र बैंकलाई पत्रलेखेको थियो । २५ हजार भारु भन्दा बढी भए यसलाई नेपालमा अवैध मानिन्छ ।

कात्तिक २३ गते प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कालोधन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि भन्दै देशभर ५ सय र १ हजारका नोटमा रातरात प्रतिवन्ध लगाएपछि नेपालमा समस्या आएको थियो । नेपाल र भारतबीच भारुमा कारोबार हुने गरेको छ । नेपालले वर्षेनी अर्बो डलर बेचेर खर्बो भारु खरिद गर्दे आएको छ ।

नयाँ ५ सय र २ हजार भारु नेपालमा अनिश्चित

५ सय र १ हजार दरका भारु प्रतिवन्ध लाएर ५ सय र २ हजार दरका भारु सञ्चालनमा ल्याए पनि भारतले नयाँ नोट कारोबारका लागि स्वीकृति दिएको छैन् । नेपालमा अहिले १ सय र सो भन्दा साना दरका नोटमा चल्ने गरेको छ । ५ सय र २ हजार दरका भारु नेपालमा अझै अवैध ठहरिन्छन् ।

आरबीआईले सूचना जारी नगरेकाले नेपालमा ५ सय र २ हजार दरका भारु कारोबार अवैध हुने पण्डित बताउछन् । यता खुला नहुदा खुला सीमामा भारुको कारोबार मौलाएको छ ।

आन्तरिक राजश्व विभागले प्रतिवन्धित भारु नोट नेपालमा काराबोर हुन थालेको जानकारी दिएको छ । विभागले विभिन्न समयमा प्रतिवन्धीत लाखौ भारु बरामद गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.