क्रेडिट रेटिङ हटाउन बीमा कम्पनीको लविङ, धितोपत्र बोर्ड भन्छ-छलफल जारी छ

  २०७४ भदौ ६ गते ७:५१     विकासन्युज

काठमाडौं । चुक्ता पुँजी बढाउन समय नपुग्ने जिकिर गर्दे बीमा कम्पनीहरुले क्रेडिट रेटिङ प्रावधान हटाउन लविङ थालेका छन् ।

चुक्तापुँजी बढाउने समय थोरै भएको, रेटिङमा जादा लामो समय लाग्ने र आगामी असारसम्म चुक्तापुँजी बढाउने लक्ष्य पुरा गर्न कठिन हुने जिकिर गर्दे बिमा कम्पनीहरुले यसलाई हटाउन धितोपत्र बोर्डमा लविङ थालेका हुन् ।

बीमा कम्पनीले रेटिङमा गए पुँजी वृद्धि गर्ने योजना प्रभावित हुने भन्दै यसलाई स्थगन गर्न माग गरेको धितोपत्र बोर्डका प्रवत्ता निरज गिरी बताउछन् । विकास न्युजसंग कुरा गर्दे गिरीले यस विषयमा छलफल भइरहेको जानकारी दिए । अझै पनि समय बाँकी रहेकाले यस विषयमा निर्णय नभएको उनले स्पष्टपारे ।

“यदी समय नपुग्ने अवस्था आएमा यस विषयमा सोच्न सकिन्छ” उनले भने “अहिले नै यसै भन्न सकिने अवस्था छैन, छलफल जारी छ ।” बैंक तथा वित्तीय संस्थाको संख्या धेरै र समय लाग्ने भएपछि पुँजी बढाउन भनेर बैंकलाई रेटिङ गर्नु पर्ने प्रावधानलाई स्थगन गरेको गिरीले बताए । बिमा कम्पनीको संख्या थोरै भएकाले आवश्यक नपर्न उनको तर्क छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सुचिकृत कम्पनीले प्राथमिक सेयर (आईपीओ), थप निष्कासन (एफपीओ) र हकप्रद सेयर निष्कासन गर्नुअघि कम्पनीको अवस्थाको बारेमा रेटिङ गर्नुपर्ने प्रावधान छ । रेटिङ गरेपछि मात्र बोर्डले निष्कासनका लागि अनुमति दिने गरेको छ ।

नियामक निकाय बिमा समितिले आउदो असारसम्म निर्जीवन बिमा कम्पनीले पुँजी बढाएर १ अर्ब र जीवन बिमा कम्पनीले २ अर्ब रुपैयँ पु¥याउन निर्देशन दिएको छ । हाल निर्जिवनको २५ करोड र जीवनको ५० करोड रुपैयाँ चुक्तापुँजी छ । चालु आर्थिक वर्षभित्र जीवनको ४ र निर्जिवनको ३ गुणा पुँजी बढाउनु पर्ने वाध्यता छ ।

बिमा कम्पनीले पुँजी बढाउन हकप्रद र एफपीओ निष्कासनको तयारी थालेका छन् । केहीले हकप्रद र एफपीओ निष्कासनका लागि बोर्डमा निवेदन समेत दिइसकेका छन् ।

हाल निर्जीवन बिमा व्यवसाय गर्ने १७ र जीवन बिमा व्यवसाय गर्ने १० गरी २७ कम्पनी सञ्चालनमा छन् । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले भरखरै जीवन बिमा कारोबार सुरु गरेको छ । अन्य ४ वटा कम्पनीले कारोबार गर्न अनुमतिपत्र (लाइसेन्स) पाइसकेका छन् । यस्तै ४ वटाले सैदान्तिक सहमति पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.