अधिकांश वाणिज्य बैंक प्रतिसेयर आम्दानी बढाउन असफल, घट्दा पनि नविलको सबैभन्दा बढी (सूचिसहित)

  २०७४ भदौ ४ गते १४:३९     नारायण पौडेल

काठमाडौं । गत आर्थिक वर्ष ०७३/०७४ मा अधिकाँश वाणिज्य बैंक प्रतिसेयर आम्दानी (ईपीएस) बढाउन असफल भएका छन् । गत आवको असारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचिकृत वाणिज्य बैंकमध्ये हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका २५ वटा वाणिज्य बैंकमध्ये १९ वटाको प्रतिसेयर आम्दानी घटेको छ । चुक्तापुँजी बढेपछि सेयर संख्या बढ्दा बैंकको प्रतिसेयर आम्दानीमा कमी आएको हो ।

नेपाल इन्भेष्टेमेन्ट बैंक, ग्लोबल आइएमई बैंक, मेगा बैंक, कृषि विकास बैंक, लक्ष्मी बैंकले प्रतिसेयर आम्दानी बढाउन सफल भएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकको प्रतिसेयर आम्दानी भने स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले चुक्तापुँजी ८ अर्ब पुर्याउनु पर्ने नीतिगत व्यवस्था गरेपछि बैंकले बोनस वितरण, हकप्रद सेयर जारी र थप निष्कासन (एफपीओ) गरी सेयर संख्या बढाएका छन् ।

बैंकहरुले सार्वजनिक गरेको गत आवको अपरिस्कृत वित्तिय विवरण अनुसार ५८ रुपैंयाँ ५४ पैसासहित नविल बैंकको इपिएस सबै भन्दा धेरै रहेको छ भने दोश्रो नम्बरमा एभरेष्ट बैंक रहेको छ । एभरेष्ट बैंकको प्रतिसेयर आम्दानी ४३ रुपैंयाँ ७८ पैसा रहेको छ । एभरेष्टको प्रतिसेयर आम्दानी २३ रुपैयाँ घटेको वित्तीय विवरणले देखाएको छ ।

प्रति सेयर आम्दानी धेरै हुने बैंकको तेश्रो नम्बरमा कृषि विकास बैंक रहेको छ । यो बैंकले ३४ रुपैंयाँ ५८ पैसाबाट बढाएर आफ्नो प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ६० पैसा पर्याएको छ । गत आवमा कृषि विकासले प्रतिसेयर आम्दानी ६ रुपैयाँ बढाएको छ ।

चौथो स्थानमा रहेको नेपाल बैंकको प्रतिसेयर आम्दानी ४० रुपैंयाँ ३ पैसा छ । अघिल्लो आवको सोही अवधिमा यो बैंकको यस्तो आम्दानी ४६ रुपैंयाँ ६९ पैसा रहेको थियो । नेपाल बैंकको प्रतिसेयर आम्दानी ६ रुपैयाँ घटेको छ ।
सबै भन्दा थोरै प्रतिसेयर आम्दानी भने सिभिल बैंकको छ । यो बैंकको त्यस्तो आम्दानी १० रुपैंयाँ ७५ पैसाबाट पनि घटेर ६ रुपैंयाँ ५२ पैसामा झरेको छ । सिभिलको प्रतिसेयर आम्दानी ४ रुपैयाँ घटेको छ ।

चुक्तापुँजी बढेपछि प्रतिसेयर आम्दानी बढाउन बैंकलाई चुक्ता भएको एनआईसी एसिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लक्ष्मण रिसाल बताउछन् । बिकास न्युजसंग कुरा गर्दे उनले ईपीएस स्थिर राख्न नै बैंकलाई ठूला उपलब्धी हुने बताए । बैंकको नाफा बढेपनि सेयर संख्या बढेपछि आम्दानी घटेको रिसालको भनाई छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.