२५ वटा बाणिज्य बैंकको नाफा ४३ अर्ब नाघ्यो, कुन बैंकको कति ? (सूचीसहित)

  २०७४ भदौ २ गते १४:५०     नारायण पौडेल

काठमाडौं । २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब नाफा कमाएका छन् । हालसम्म गत आर्थिक बर्ष २०७३/७४ चौथो त्रैमासिक अवधीको अपरिस्कृत वित्तिय विवरण सार्वजनिक गरेका २५ वटा बाणिज्य बैंकहरुले ४३ अर्ब १५ करोड १० लाख ३ हजार नाफा कमाएका हुन् । अघिल्लो आवको सोही अवधीका तुलनामा तिनै बाणिज्य बैंकहरुको नाफा २ अर्ब ९५ करोड अर्थात करिब ७ दशमलब ३३ प्रतिशतले बढेको देखिन्छ ।

आर्थिक बर्ष २०७२/७३ को चौथो त्रैमासिक अवधीको वित्तिय विवरणमा यी बैंकहरुको कुल नाफा ४० अर्ब २० करोड ८ लाख ४८ हजार मात्रै नाफा कमाउन सफल भएको देखिन्छ । गत आर्थिक बर्षमा सबै भन्दा धेरै नाफा कमाउने बैंकका रुपमा नविल बैंक दर्ज भएको छ । नविल बैंकले ३ अर्ब ६२ करोड नाफा कमाएको छ ।

दोश्रो स्थानमा रहेको नेपाल बैंकले ३ अर्ब २१ करोड नाफा कमाएको छ भने तेश्रो स्थानमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब १६ करोड नाफा कमाएको छ ।

जनता बैंक, मेगा बैंक र कुमारी बैंक भने थोरै नाफा कमाउने बैंकमा परेका छन् । जनता बैंकले ६४ करोड नाफा कमाएको छ भने मेगा बैंकले ७९ करोड आर्जन गर्दा कुमारी बैंकले ७० करोड नाफा आर्जन गरेको देखिन्छ । हालसम्म सिभिल बैंक, एनसीसी बैंक र सेञ्चुरी बैंकले भने वित्तिय विवरण बुझाएका छैनन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.