अर्थ समितिले बोलायो २१ अर्ब राजश्व घोटालाका आरोपितलाई

  २०७४ जेठ ३१ गते १६:५८     विकासन्युज

काठमाडौं । २१ अर्ब भन्दा बढि कर छुट दिएर राज्य कोषलाई कमजोर बनाएको बिषय संसदमा प्रवेश गरेको छ । व्यवस्थापिका संसदको अर्थ समितिले कर फर्स्योट आयोगका पदाधिकारीलाई छलफलका लागि बोलाएको हो । समितिले कर फर्स्योट आयोगका अध्यक्ष, सदस्य र सदस्य सचिवलाई बिहिबार छलफलका लागि उपस्थित हुन पत्र काटेको हो ।

अर्थ समितिले सो छलफलमा अर्थ मन्त्री ज्ञानेन्द्र बहादुर कार्की, अर्थ सचिव शन्तराज सुवेदी र राजश्व सचिव राजन खनाल तथा आन्तरिक राजश्व विभागका निमित्त महानिर्देशकलाई पनि बोलाएको छ । ‘२१ अर्ब भन्दा बढि राजश्व हिनामिना भएको बिषयमा हाम्रो गम्भिर चासो छ, आयोगका पदाधिकारीसहित अर्थ मन्त्री र सचिवहरुलाई बोलाएर छलफल गर्न लागेका हौं’, अर्थ समितिका सभापति प्रकाश ज्वालाले भने ।
आयोगले पत्र काटेका आयोगका पदाधिकारीमध्ये सदस्य सचिवको भूमिका निर्वाह गरेका चुडामणी शर्मा अख्तियारको हिरासतमा छन् ।
आयोगका अध्यक्ष लुम्बध्वज महत र उमेशप्रसाद ढकाललाई डाकिएको उनले जानकारी दिए । कर फर्स्योट आयोग गठन गर्ने तत्कालिन अर्थ मन्त्री डा.रामशरण महत भने अर्थ समितिकै सदस्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.