पुसमा थपिदै ३० मेगावट विद्युत, प्रतिमेगावाट ५० करोड लागतमा चमेलियाले राख्यो नयाँ रेकर्ड

  २०७४ जेठ ३१ गते १२:३७     विकासन्युज

काठमाडौं । आगामी पुसबाट बाल्ने तयारी गरिएको ३० मेगावाटको दार्चुलामा निर्माणाधिन चमेलिया जलविद्युत् आयोजनाको लागत हालसम्म कै महङ्गो पर्ने देखिएको छ । साढे १५ अर्ब रुपैयाँ लागतमा निर्माण कार्य सम्पन्न गर्न लागिएको उक्त जलविद्युत् आयोजनाको औसत लागत प्रति मेगावाट ५० करोडभन्दा बढी पुग्ने भएको छ । नेपाल औसतमा प्रतिमेगावाट १८ देखि २० करोड रुपैयाँको लगातमा प्रतिमेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।

२०६३ मा आयोजना शुरु हुँदा चमेलियाको निर्माण लागत साढे ८ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । तर, आयोजना पूरा हुँदासम्म लागत साढे १५ अर्ब रुपैयाँ पुग्ने देखिएको छ । महङ्गो भएपनि सूदुरपश्चिमेलीहरूले चमेलिया जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् आगामी पुसबाट बाल्न पाउने भएका छन् । तीन पटकसम्म लागत अनुमान संशोधन गरिएको धेरै विवाद्मा मुछिएको उक्त आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

प्राधिकरणका अनुसार निर्माण कार्य सुरु भएको ११ वर्षपछि विजुली उत्पादन गर्न सक्ने अवस्थामा पुगेको हो । २०६३ पुसमा निर्माण कार्य सुरु गरिएकोउक्त आयोजना २०७४ पुससम्म सम्पन्न हुँदैछ । शुरुमा आठ अर्बको लगानीमा २०६८ मंसिरमा उक्त आयोजना सम्पन्न गर्ने योजना पनि भष्ट्राचारको दलदलमा आयोजना फसेपछि निर्माण कार्य ढिला हुन गएको हो । आगामी अअसोजभित्र बत्ती बाल्ने तयारी गरिएपनि उपकरण जडानलगायतका कारण दुई महिना पछि हटेको हो ।

हालसम्म आयोजनाको साढे ९८ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाको लागि आवश्यक उपकरण जडान कार्य भइरहेको छ । प्राधिकरणले भने दशैं अघिनै विजुली बाल्न सकिने अनुमान गरेको छ । साउन/भदौमा परीक्षण गरेर असोजमा विजुली बाल्न सकिने प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए । असार अन्त्यसम्म प्रसारण लाइन ‘चार्ज’ गर्ने अवस्थामा पुग्ने भएकोले दशैंअघि नै बिजुली उत्पादन बाल्न सकिने उनले बताए ।

चमेलियाकोे बिजुली आएपछि सुदूरपश्चिमको विद्युत आपूर्तिमा सहजता आउने प्राधिकरणले बताएको छ । हाल मध्यदेखि सुदूरपश्चिम क्षेत्रमा टनकपुर ४० मेगावाटसहित भारतबाट करिब ५३.५ मेगावाट बिजुली आयात गरिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.