तराईका २० जिल्ला समृद्ध बनाउने हुलाकी राजमार्गले ६५ अर्ब खर्चदैँ, पूर्व पश्चिम जाेड्दै हुलाकी र रेलमार्ग

  २०७४ जेठ २९ गते ९:४६     विकासन्युज

काठमाडौं । तराईका २० जिल्लालाई समृद्ध बनाउने हुलाकी राजमार्ग धमाधम निर्माण भइरहेको छ ।  यो राजमार्ग २०६४/६५ देखि निर्माण भइरहेको छ । यो राजमार्गले हालसम्म ५ अर्ब बजेट खर्च गरिसकेको छ भने चालू आवको लागि मात्रै चार अर्बभन्दा बढी रकम विनियोजन गरेको हुलाकी राजमार्ग आयोजना प्रमुख बलराम मिश्रले जानकारी दिए ।

सरकारले पछिल्लाे समय पूर्व पश्चिम जाेड्ने ९४५ कीमीकाे रेलमार्ग पनि निर्माणालाइ प्राथमिकता दिइरहेको छ । एकातिर नयाँ सडक सञ्जालले पूर्वपश्चिम जोड्दै छ भने अर्कोतिर यातायातको सबैभन्दा उपयुक्त माध्ययम मानिने रेलमार्गले पनि जोड्दै छ ।

हुलाकी राजमार्गको तुलनामा रेलमार्गको काम ढिलो भएकोले पहिले कुन यातायातको पहुँच छिटो हुन्छ भन्ने यकीन त छैन्, तर पूर्वपश्चिम रेल तथा सडक मार्गले भने जोडिने निश्चित भएको रेल विभागका प्रवक्ता प्रकाश उपाध्यायको भनाइ छ ।

उनका अनुसार रेलको काम जति छिटो अगाडि बढ्यो नेपालको समृद्धि उत्ति नै नजिक भएको उल्लेख छ । एक किमी रेल बनाउन ३५ देखि ४० करोड खर्च लाग्छ । यो रकमको व्यवस्था गर्दै रेलको पुहँच बढाउदै जानुपर्ने आवश्यकता देखिएको उपाध्याकाे भनाइ छ ।

हुलाकी राजमार्गको कुल लागत जम्मा ६५ अर्ब रुपैयाँ हो यसमध्ये ५५ अर्ब सडकको लागि मात्रै रहेको छ भने बाँकी १० अर्ब रुपैयाँ यो राजमार्गमा निर्माण हुने पुलका लागि हो । यो राजमार्गमा दुई चरणमा गरी ३२ वटा सडक सन्जालले जोडिदैँ छ । पहिलो चरणमा नेपाल सरकारले ६ वटा र भारत सरकारको सहयोगमा अर्को १० वटा सडकको निर्माण भइरहेको छ । पहिलो चरणमा १६ वटा र दोस्रो चरणमा थप सडक निर्माण गर्ने गरी काम धामधम भइरहेको छ । याे राजमार्गलाइ अावश्यक बजेट निकासा गर्न सरकारले कन्जुस्याइँ नगर्ने हाे भने पाँच वर्षमा नै पूरा गर्न सक्ने दाबी हुलाकी राजमार्ग अायाेजनाकाे छ ।

हुलाकी राजमार्ग आयोजनाले दिएको जानकारी अनुसार यो सडकको कुल दुरी १७९२ किमीमा १५० वटा पुल हुने भएको छ । यसमध्ये ५३ वटा पुल बनिसकेको छ । ठेक्का लगाएर धमाधम काम भएका पुलको संख्या ५८ रहेको छ । बाँकी ३९ वटा पुलको पनि ३ वर्ष भित्रै निर्माण गर्न आवश्यक प्रक्रिया अगाडि बढिरहेको आयोजनाले जानकारी दिएको छ ।

पूर्वपश्चिम राजमार्गको दक्षिणतर्फ ९७५ किमि र तराईका २० जिल्लालाई महेन्द्र राजमार्ग र भारतीय सीमासम्म जोड्ने ८१७ किमिको यो मार्गको नमबाट निर्माण भइरहेको छ । यो सडक बनाउँन भारत सरकारले दिएको अनुदानबाट भारतीय सीमा जोड्ने सडक निर्माण भइरहेको छ । कतिपय सडकको ठेक्का लागिसकेको र कतिपय प्रक्रिया रहेको पनि उल्लेख छ । भारत सरकारले नेपाल सरकारलाई अदानुनमा दिएको आठ अर्ब रुपैयाँबाट यो काम हुन थालेको पनि उल्लेख छ ।

पूर्व पश्चिम पुग्ने विकल्प थप हुने
हाल १०५० किमीको महेन्द्र राजमार्गले पूर्वपश्चिम जोडेको छ । यो मार्ग चुरे क्षेत्रबाट गएको तराईका कोर बस्ती नछोएकोले सरकारले तराईका जिल्लाको बास्तविक बस्ति नजिक हुने गरी हुलाकी राजमार्ग निर्माणको अभियान अगाडि सारेको छ ।

बाबुराम भट्टराई प्रधानमन्त्री भएपनि राष्ट्रिय गौरवको आयोजनामा परेको यो मार्ग त्यसपछिका हरेक वजेटमा प्राथमिकता पाउने गरेको छ । पछिल्लो सयम राजनीतिक दलबीच यो राजमार्ग जस लिने माध्ययम पनि बन्न थालेको छ ।

यसलाई विगत पाँच ७ वर्षदेखिको बजेटमा निरन्तरण उल्लेख हुन थालेको छ । तर, प्राथमकिताका साथ आवश्यक रकम भने चाहेजति सरकारले दिन सकेको छैन ।

यो राजमार्ग बनेपछि पूर्वपश्चिम जोड्ने सडक ३ वटा हुने भएको छ । महेन्द्र राजमार्गको १५ देखि २० किमी सडकको दुरीमा यो सडक बनेर पुर्वदेखि पश्चिम जान्छ । मध्यपहाडी लोकमार्ग पनि निर्माणाधिन अवस्थामै छ । यसपछि सरकारले पछिल्लो समय प्राथमिकता दिन थालेको पूर्वपश्चिम विद्युतीय रेलमार्ग पनि रहेको छ ।

यो रेलमार्ग निर्माण हुनु भनेको नेपालको अन्तर्राष्ट्रिय इज्जत हुनु, नेपालीको समृद्धिको बाटो बन्नु र नेपाललाई अन्तर्राष्ट्रिय रेलवे सञ्जालमा जोड्नु पनि भएको रेल विभागका उपाध्यायले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.