मेलम्चीको पानी वितरण गर्न सडक खन्ने काम रिङरोड भित्र सकियो, भत्काइएको सडक मर्मतमा अर्ब खर्चँदै

  २०७४ जेठ २६ गते ८:३४     विकासन्युज

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाका कारण काठमाडौंको रिङरोड भित्रको सडक भत्काउने काम करिब अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका अनुसार मुख्य सडकमा विच्छ्याउने पाइप थोक वितरण र घरघरमा जाने पाइपबाट पानी वितरण खुद्राको रुपमा काम भइरहेकोे छ ।

आयोजनाका प्रवक्ता लिला ढकालका अनुसार थोक वितरणको लागि जम्मा ७७ किलोमिटर सडक खन्ने र पाइप विच्छ्याउँनु पर्ने हो । यसका लागि अहिलेसम्म ५८ किमीको काम पूर्ण रुपले सकिएको छ ।

४ किमीको काम अलि क्रिटिकल भएकोले फिनिसिङ बाँकी छ । यस्ता क्रिटीकल सडक भनेको हाल चावेलको जस्तै हो । जहाँ भत्काउने काम सकिएको छ । प्राविधिक कारण मर्मतमा ढिलाई भएको छ । यसलाई दृष्टिगत गरेर मर्मत पनि गरिरहेका आयोजनाको भनाइ छ ।

बाँकी १५ किमी सडक पनि भत्काएर पाइप हाल्नेका धमाधम भइसकेकोले अब थप सडक खन्नु पर्दैन । उनका अनुसार मुख्य सडकमा पाइप विच्छ्याउँन खन्ने काम सकिएको छ । अब, पाइप राख्ने, पाइपमा पानीको प्रेसर चाँज गर्ने र सडक मर्मत गर्ने काम मात्रै बाँकी छ ।
खुद्रा वितरण अर्थात घरघरमा जाने धारोको पाइप रिङरोड भित्र जम्मा ६७० किमी मात्रै हो । यसमा पनि ५८० किमिको काम पूर्ण रुपले सम्पन्न भएको छ । बाँकी ९० किमीमा पनि अधिकांश भत्काउने काम सकिएको छ । अब यो पनि मर्मत गर्न मात्रै बाँकी रहेको उल्लेख छ ।

मेलम्चीको पानी वितरण गर्न पहिलो चरणमा भएको काम करिब सकिएको छ । पानी वितरण गर्न तयारी अवस्थामा पुगेर बस्नुपर्ने भएकाले मेलम्ची नआइपुग्दै त्यो तयारी भएको ढकालको भनाइ छ । उनका अनुसार अब मेलम्ची आयोजनाले मेलम्चीदेखि सुन्दरीजलसम्म गर्ने काम भन्दा हामी अगाडि भैसकेको छौ । अब धारामापानी ल्याउन कुनै समस्या छैन ।

नयाँ पाइप नविच्छ्याएको ठाउँमा पनि मेलम्चीको पानी जाने
निर्देशनालयका अनुसार मेलम्ची आयोजनाको लागि नयाँ पाइप नविच्छ्याएका ठाँउमा पनि पुरानै प्रणालीबाट धारामा मेलम्चीको पाउने आउँने छ । हामीले हालको काठमाडौ उपत्यका खानेपानी लिमिटेडको पुरानो पाइपको कुनै पनि संरचना भत्काएका छैनौ । मेलम्चीको पानी आएपछि नयाँ पाइप नविच्छ्याएका धारामा पनि पानी आउने भएको छ ।

आयोजनका अनुसार रिङरोड भित्रको पनि महाराजगन्जबाट भित्र, बालाजु, अमेरिकी एम्बेसी, लाम्जिपाटका कपिय स्थान र भक्तपुरमा नयाँ पाइप विच्छ्याएकै छैन । तर, यी स्थाननमा पनि पानी आउने भएको छ ।

रिङरोड बाहिर पनि मेलम्चीको पानी आउँछ
आयोजनाका अनुसार उपत्यकाभित्र मेलम्चीको पानी नयाँ पाइप नभएका स्थानमा पनि जाने भएकोले हाल काम नभएको र सडक नभत्काउको स्थानमा पनि पानी आउने भएको छ । आयोजनाल नेपालटार, बालाजु, महाराजगन्ज, टिचिङ, भक्तपुरलगायतका स्थानमा नयाँ पाइप राखेको छैन । यो स्थानम दोस्रो चरणमा काम हुने भएकोले पनि अहिले सडक नभत्काएको उल्लेख छ ।

एक अर्ब रुपैयाँ खर्चेर भत्काएको सडक मर्मत
आयोजनाले भत्काएको सडकको मर्मत गर्न तत्काल एक अर्ब रुपैयाँको काम भइरहेको पनि आयोजना निर्देशनालयले जानकारी दिएको छ । आयोजनका अनुसार उपत्यका ६० प्रतिशत सडक महानगर भित्र र बाँकी ४० प्रतिशत सडक विभागअन्तर्गत पर्छन ।

विभागले मुल सडक मर्मत गर्ने जिम्मा पाएको छ । मेलम्चीको कामले भत्किएको सडक तत्कालै सडकले मर्मत गरिरहेको छ । यसका लागि सरकारले ८५ करोड रुपैयाँ दिने सम्झौता समेत गरिसकेको ढकालले बताए । यो पैसाबाट हाल २० करोड निकास भएको र यसैबाट सडक मर्मत भइरहेको छ ।

बाँकी ६० प्रतिशत हरेक घरघरमा पुग्ने र भित्री सडक मर्मतमा भने आयोजना निर्देशनालयले नै ८८ करोड रुपैयाँ खर्च गरिरहेको छ । समग्रमा हाल एक अर्ब भन्दा बढीको काम भइरहेको पनि उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.