किन टेण्डर गरिएन २ अर्ब ८ करोडको एलइडी बल्ब खरिदमा ? कुलमान घिसिङको बयान

  २०७४ वैशाख २५ गते १३:२३     विकासन्युज

कुलमान घिसिङ, प्रबन्ध निर्देशक, नेपाल विद्युत प्राधिकरण

नेपाल सरकार मन्त्रिपरिषद्को २०७४/०१/२१ गतेको् बैठकले विद्युत माग र आपूर्ति व्यवस्थापनका लागि भारत सरकारको स्वामित्वमा रहेको इनर्जी इफिसियन्सी सर्भिस लिमिटेड(इइएसएल)कम्पनीसँग नौ वाटका दुई करोड लिड बल्ब खरिद गर्न नेपाल विद्युत प्राधिकरणलाई सैद्धान्तिक सहमति दिएको छ ।

प्राधिकरणले सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ घ २ तथा नियमावलीमा भएको व्यवस्था अनुसार उपयुक्त खरिद प्रक्रिया अवलम्वन गरि पारदर्शीरुपमा बल्बको खरिद अगाडि बढाउने छ । लोडसेडिङ व्यवस्थापनका लागि दुई मुलुकबीचका सरकारी निकायबीच पारदर्शीरुपमा लिड बल्ब खरिद गर्न लागिएकाले यसमा कुनै अनियमितको आशंका नगर्न आग्रह गर्दछौं । ऊज्यालो नेपाललाई साकार बनाउन र औद्योगिक लगायत अन्य क्षेत्रको लोडसेडिङ अन्त्यका लागि एलइडी बल्ब प्रयोगमा ल्याउन लागिएको हो ।

नेपाल भारत सरकारका सचिव स्तरीय बैठक जोइन्ट स्टिरिङ कमिटीको २७ र २८ जुन २०१६ मा नयाँ दिल्लीमा सम्पन्न तेस्रो बैठकले इइएसएल मार्फत नेपालमा एलइडी बल्बको प्रयोग गर्ने कार्यक्रम विस्तार गर्न सकिने निर्णय गरेको थियो । कम्पनीले बल्बको भारतमा उपलब्ध गराएको रेटमा नै नेपालमा उपलब्ध गराउने परराष्ट मन्त्रालयमार्फत नेपाल विद्युत प्राधिकरणमा प्रस्ताव पठाएको थियो । नेपालका माननीय ऊर्जा मन्त्रीको भारत भ्रमणमा भारतीय समकक्षीसगको भेटमा समेत नेपालको लोडसेडिङ व्यवस्थापनका लागि लिड बल्ब उपलब्ध गराउने विषययमा सहमति भएको थियो । कम्पनीले भारतीय बजार मूल्यमै नेपाललाई बल्ब उपलब्ध गराउने प्रतिबद्धता जनाएको थियो ।

इइएसएलले परराष्ट्र मन्त्रालयमार्फत पठाएको प्रस्ताव उपर छलफल गरि दुई करोड बल्ब उपलब्ध गराउने सम्बन्धी समझदारी प्राधिकरण र कम्पनीबीच २०७३÷१२÷११ सम्पन्न भएको थियो । कम्पनीले बल्ब आपूर्ति गर्ने र उपभोक्तालाई आफैले बिक्री गर्ने प्रस्ताव गरेको थियो । तर, कम्पनीले नै बिक्री गर्दा महंगो परि उपभोक्तामाथि वित्तिय भार पर्ने देखिएपछि कम्पनीसँग बल्ब खरिद मात्रै गर्ने र यसको सम्पूर्ण बिक्री प्राधिकरणले गर्ने गरि समझदारी भएको थियो । बिक्री व्यवस्थापनका लागि कम्पनीले सफ्टवेर समेत उपलब्ध गराउने छ ।
साँझ र बिहानको बढ्दो विद्युतको माग व्यवस्थापनमा सुधार गरि जलविद्युत गृहको अधिकतम उपभोग गर्न माग पक्ष व्यवस्थापनको एउटा उपायका रुपमा एलइडी बल्ब खरिद गर्न लागिएको हो ।

वत्ति प्रयोगको कारणले साँझको पिक लोड बढ्ने हुँदा लिड बल्बको प्रयोग माग पक्ष व्यवस्थापनको उपयुक्त उपाय हो । अहिले प्राधिकरणका करिव ३५ लाख ग्राहकले वत्तिका लागि साधारण बल्ब र सिएफएल बल्ब प्रयोग गरिरहनु भएको छ । यसलाई एलइडी बल्बले प्रतिस्थापन गर्न सकिएमा पिक लोड व्यवस्थापन गर्न ज्यादै सहज हुने देखिएको छ । यदि औसतमा प्रति घरधुरी १८ वाटको सएफएल र ६० वाटको साधारण बल्ब प्रयोग गरेको कारणबाट ३८१ मेगावाट पिक लोड हुन आउछ ।

यसको सट्टा ९ वाटको लिड बल्ब प्रयोग गर्दा २०१ मेगावाट पिक लोडमा बचत हुन जाने देखिन्छ । जबकी २०१ मेगावाटको जलविद्युत आयोजना बनाउन करिव ४० अर्ब रुपैया र समय कम्तीमा पनि पाच वर्ष लाग्छ । विद्युत माग व्यवस्थापन गरि लोडसेडि अन्त्यका लागि तत्काल गर्न सकिने लिड बल्बको प्रयोग नै हो ।

त्यस्तो एलइडी बल्ब ४ घण्टा बल्दछ भन्ने मान्दा वार्षिकरुपमा २९३.४६ गिगावाट आवर ऊर्जा बचत हुने देखिन्छ । २ करोड बल्बको भारतीय सीमामा ६५ भारु (१०४नेरु) पर्छ । भन्सार, मुल्य अभिबृद्धि कर र भन्सार महसुल पूरै छुट तथा प्राधिकरणको सेवा शुल्कलाई १० प्रतिशतले हिसाव गर्दा लागत खर्च २ अर्ब ३२ करोड हुन आउछ । सरकारले भन्सार र मुल्य अभिबृद्धी कर छुट नदिने निर्णय गरेको छ ।

एलइडी बल्बको प्रयोगबाट प्राधिकणलाई पिकलोड तथा इनर्जी खपतमा कमी आई सो बराबरको उत्पादन गरेर ऊर्जा बचत हुने छ । साधारण चिमभन्दा लिड बल्ब प्रयोग गर्दा विद्युत महसुलमा कमी आई ग्राहकलाई समेत फाइदा हुने छ । लिड बल्बमा जस्तो मर्करीको प्रयोग नहुने भएकाले वातावरणीय दृष्टिले अनूकुल छ । हाल फिलिप्स लिड बल्बको बजार मुल्य ३५० रुपैयाभन्दा बढी पर्छ । यसको तुलनामा प्राधिकरणले सहुलितरुपमा र किस्ताबन्दीमा समेत बल्बको रकम भुक्तानी गर्न पाउने हुदा उपभोक्ताका लागि समेत आर्थिकरुपमा फाइदा जनक छ । यसले समग्र अर्थतन्त्रै सकारात्मक प्रभाव पार्ने छ ।

इइएसएलले प्रख्यात कम्पनीहरु फिलिप्स र ओस्रामका एलइडी बल्ब उपलब्ध गराउने छ । बल्वको पावर फ्याक्टर ०.९५ भन्दा बढी रहने र उर्जा दक्षता सत प्रतिशत हुने भएकाले बजारमा पाउनेभन्दा गुणस्तरीय छन् । इइएसएलले तीन वर्षको वारेन्टीसहित बल्ब उपलब्ध गराउने छ । अर्थात तीन वर्षमा बिग्रिएमा इइएसएलले बल्बको प्रतिस्थापन गरिदिने छ । लिड बल्ब ५० हजार घण्टासम्म चल्छ । ठोकिएमा अथवा झरेमा लिड बल्ब फुट्दैन । त्यसैले इइएसएलले उपलब्ध गराउने लिड बल्ब बजारमा पाउने भन्दा उच्च गुणस्तरका छन् । साँझ र विहान विद्युतको अत्याधिकम माग पूर्ति गर्न लिड बल्ब प्रयोगमा ल्याउन सकिएमा पिक लोड कम हुने, लोड फ्याक्टर बढ्ने र विद्युततको माग व्यवस्थापन एवं सन्तुलन गर्न सहज हुने छ ।

तुलनात्मक अध्ययन 
ने.वि.प्रा. को कूल ग्राहक संख्या -३१,१५,०००
ने.वि.प्रा. ले २ करोड ९ वाटको एलइडी वल्व वितरण गर्ने कार्यक्रम रहेको छ । १,९५,००,००० ग्राहकहरु १८ वाट सिएफएल र ५,००,००० ग्राहकहरु ६० वाटको इनक्याण्डिसेन्ट वल्व प्रयोग गर्छन् । २ करोड थान एलइडी वल्वहरु वितरण गरी इनक्याडिसेन्ट र सिएफएल बल्ब विस्थापन गर्दा पिकलोड समयमा उच्चतम माँगमा कमि आउने र २०१ मेगावाट बिजुली बचत हुन्छ । २०१ मेगावाटको पिकिङ प्रोजेक्ट बनाउन ४० अबरु लाग्छ जुन सिधै बचत हो । एलइडी बल्ब खरिदका लागि खर्च भएको रकम १० महिनामा उठिसक्ने हाम्रो प्रक्षेपण छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.