१७ अर्ब लगानीमा राजधानीमै बन्दैछन सुबिधा सम्पन्न तीन अस्पताल

  २०७३ पुष ६ गते ९:२०     विकासन्युज

काठमाडौं ६, पुस । काठमाडौं उपत्यकामा बढ्दै गएको मानव वस्ति, बद्दो प्रदूषण तथा विभिन्न रोगका कारण हस्पिटलको सेवा पनि थप हुँदै गएका छन् । राजधानी केन्द्रित हस्पिटल धमाधम निर्माण भइरहेका छन । पछिल्लो समय उपत्याकामा १५ अर्ब रुपैयाँको लगानीको नेपाल क्यान्सर अस्पताल एण्ड रिसर्च सेन्टरसहितको तीन वटा हस्पिटलमा साढे १७ अर्ब रुपैयाँको लगानी थपिएको छ ।

ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुरको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर

ललितपुरमा सञ्चालनमा आएको नेपाल क्यान्सर अस्पतालमा १५ अर्ब ३३ करोड रुपैयाँको लगानी हुने भएको छ । यो हस्पिटलले एक अर्ब ५० करोड रुपैयाँको लगानीबाट सेवा सुरू गरेको छ ।

हस्पिटलमा १५० शैया रहेको छ भने यसले तीन सय ६ जनालाई रोजगारी दिने भएको छ । स्वादेशी तथा विदेशी गरी यो हस्पिटलमा ४४ जना संचालक हुने उद्योग विभागले जानकारी दिएको छ ।

विभागमा भर्खरै दर्ता भएका अन्य दुई हस्पिटलमा दुई अर्ब लगानीको द हिमालयन मेडिसिटी इन्टरनेशनल हस्पिटल रहेको छ । लमजुङका हरिशचन्द्र न्यौपाने र ममता शर्माको लगानी रहेको हस्पिटलमा दुई सय वटा शैया रहने भएको छ । १२७ जनालाई रोजगारी दिने यो हस्पिटल पूर्ण स्वदेशी लगानीको हो ।

त्यसैगरी काठमाडौंमा नै संचलानको तयारीमा रहेको स्टार हस्पिटलले ६२ करोड रुपैयाँ लगानी गर्ने भएको छ । यो हस्पिटल एक सय शैयाको हुने र १७२ जनालाई रोजगारी दिने उल्लेख छ । चितवनका देवेन्द्रकुमार न्यौपानेसहितलको लगानी रहेको हो हस्पिटल पूर्ण स्वदेशी लगानीको हो ।

विभागको अनुसार पछिल्लो समय शिक्षा, स्वास्थ्य, पर्यटन, सूचना प्रविधिसहितका सेवामूलक क्षेत्रमा लगानी अकार्षण देखिएको छ । यी क्षेत्रमा ठूला लगानी पनि आउन थालेको विभागले जानकारी दिएको छ ।

विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७२/७३ सम्ममा १८ सय पाँच वटा सेवामूलक उद्योग दर्ता भएका छन् । यी उद्योगमा एक सय २३ अर्ब रुपैयाँको लगानी प्रतिवद्धता आएको छ ।

यी उद्योगले ५३ हजार ६ सय जनालाई रोजगारी दिने गरी विभागबाट स्वीकृति लिएका छन् । विभागका अनुसार हालसम्मको उद्योग क्षेत्रको लगानी भने ६ हजार सात सय वटा उद्योगमा १२ खर्ब रुपैयाँको लगानी भएको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.