मूल्य वृद्धि ४.८ प्रतिशतमा झर्यो, व्यापार घाटा ९७.९ प्रतिशतले बढ्यो

  २०७३ पुष १ गते १५:२५     विकासन्युज

काठमाडौं, १ पुस । मूल्य वृद्धि घट्दो दरमा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा मूल्य वृद्धि ४.८ प्रतिशतमा सिमित रहेको छ । चालु आर्थिक  वर्षको असोजमा भने मूल्य वृद्धि ६.७ प्रतिशतमा रहेको थियो । गत आर्थिक वर्षको सोही अवधिमा मूल्य वृद्धि १०.४ प्रतिशतमा रहेको थियो ।export-n-import

त्यस्तै आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ९७.९ प्रतिशतले बढेर २ अर्व ७७ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ३७.८ प्रतिशतले घटेको थियो । निर्यात भन्दा आयातमा उच्च वृद्धि भएपछि व्यापार घाटा चुलिदै गएको हो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा भारततर्फ २३.२ प्रतिशत, चीनतर्फ ३६.६ प्रतिशत र अन्य मुलुकतर्फ ९ प्रतिशतले निर्यात बढेको छ । यसअवधिमा आयात ८७.४ प्रतिशतले बढेर ३ अर्व ०१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ३६.८ प्रतिशतले घटेको थियो । निर्याततर्फ १७ प्रतिशतले वृद्धि भई २४ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २९.१ प्रतिशतले घटेको थियो ।

यस अवधिमा रेमिट्यान्स वृद्धिद्धर घटेको छ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्सको वृद्धिदर ७.८ प्रतिशतले वृद्धि भई २३२ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स वृद्धिद्धर १९.४ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी, शोधनान्तर स्थिति बचतमा रहेको छ । चालु आर्थिक वर्षको चार महिनामा शोधनान्तर २१ अर्व ९८ करोड रुपैयाँ बचतमा रहेको छ । यो गत असोजसम्ममा ८३ अर्ब ७० करोडले बचतमा रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.