२०७३ कार्तिक २६ गते ९:४५ विकासन्युज
काठमाडौं २६, कात्तिक । वायुसेवा निगमले एक हजार घण्टासम्म उडान गरेको जहाजको लागि प्रस्ताव माग गरेको भएपनि नयाँकै पनि आवेदन परेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई लामो दुरिको उडान गर्ने वाइडवडि नामक जहाज बेच्च १ इन्जिन सप्लाई गर्ने कम्पनी बाहेक १० वटाले मात्रै प्रस्ताव पेश गरेका छन ।
निगमले ४५ दिन अगाडि मागेको प्रस्तावमा विभिन्न वायुसेवा कम्पनी, लिजिङ कम्पनी तथा यसका भगीनि कम्पनीले निगमले मागेकै अनुसारको एयरवसको वाइडबडि जहाज दिन इच्छा देखाएको निगमले जानकारी दिएको छ ।
वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार निगमले एयरवसकै जहाज खरिद गर्ने भएपनि युरोपेली जहाज निर्माता कम्पनी एयरवसले भने आवेदन दिएन । कंसाकारका अनुसार एयरवसको जहाज निर्माता कम्पनीले भने निगमले मागको जहाज दिने समय छिटो भएकोले सो समयमा जहाज दिन नसक्ने भन्दै प्रस्ताव पेश गरेको छैन ।
कंसाकार आफैंले एयरवसलाई सोध्दा डेलिभरी समय छिटो भएकोले कम्पनीले नभ्याउने जवाफ दिएको पनि जानकारी दिए । उनका अनुसार नयाँ जहाजको प्रस्ताव नआउला कि भन्ने चिन्ता थियो । नयाँको प्रस्ताव परेकोले भने कुनै समस्या नहुने बताए ।
कंसाकारका अनुसार निगमलाई शून्य आवर उडान भएको (नयाँ जहाज) देखि एक हजार घण्टासम्म उडेको जहाजको प्रस्ताव परेको छ ।
नयाँ जहाजकै प्रस्ताव परेकोले पुरानो खरिद गर्न लागेको भन्ने नकारात्मक सोचाइ भएकासँग काम गर्न पनि सहज हुने कंसाकारको भनाइ छ ।
उनका अनुसार शून्य आवरदेखि २ पाँच सय घण्टा उडाएका जहाजको पनि प्रस्ताव परेको छ
।
कुनै लिजिङ वा वायुसेवा कम्पनीले अर्डर गरिसकेको जहाज उडानमा प्रयोग नभएकोले हामीलाई दिन इन्छुक भएकोले पनि नयाँ जहाजको पनि प्रस्ताव आएको कंसाकारको भनाइ छ ।
निगमका अनुसार केए एरो पाट्र्स, केजेटी इन्भेष्टमेन्ट एण्ड वन वल्र्ड क्लोजआउट लिमिटेड, रोन मोटा एन्ड एसोसिएट्स एयरक्राफ्ट सेल्स एन्ड पाट्र्स, एयरक्राफ्ट इन्भेष्टमेन्ट ग्रुपले निगमलाई जहाज दिन इच्छा देखाएको छ । निगमले मागे अनुसारको प्रस्ताव पेश गर्नेमा क्राउन कमर्सियल सर्भिस प्राली, सिनर्जी एरोस्पेस, एसटी एरोस्पेस, लि गु्रप डेल्टा, एएआर कर्पोरेशन र सूर्य एयर सपोर्टसमेत रहेको निगमका महाप्रवन्धक कंसाकारले बताए । उनका अनुसार एउटा कम्पनीले भने इन्जिन मात्रै उपलव्ध गराउने प्रस्ताव राखेकोले त्यसलाई समावेश गरिएको छैन ।
वायुसेवा निगमका सह प्रवक्ता शैलेश कंसारकाका अनुसार निगमले गत असोज १० गते मागेको ४५ दिने ग्लोबल टेण्डर बुधबार सकिएको हो । उनका अनुसार बुधबारसम्ममा आइका कम्पनीलाई निगमले लिस्टेड गरेर राखेको छ। निगमले मागे अनुसारको प्रस्ताव पेश गरेका यी कम्पनीमध्ये कुन कम्पनीले कति रुपैयाँमा जहाज उपलव्ध गराउँछन भन्ने विषयमा भने पूर्ण प्रस्ताव हेरेपछि मात्रै थाहा हुने बताए ।
निगमल सबै कम्पनीको प्रस्ताव हेर्ने र निगमलाई उपयुक्त कम्पनी छनोटको सुझाव दिन विहिबार नै एक प्राविधिक समिति गठन गरेको छ । निगमका सहायक प्रवन्ध निर्देशक आरबी शाहको संयोजकत्वमा ११ देखि १४ जनासम्मको मूल्यांकन समिति गठन भएको छ ।
सो समितिले दुई साताभित्रै प्रतिवेदन दिने कंसाकारले जानकारी दिए । सोही प्रतिवेदन समितिले निगमका महाप्रवन्धक समक्ष पेश गर्ने छ । सो प्रतिवेदनलाई महाप्रवन्धकले निगमको बोर्ड बैठकमा पेश गर्नेछन । बोर्डले उपयुक्त कम्पनी छनोटको निर्णय गर्ने र त्यसपछि सो कम्पनीसँग जहाज खरिद गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन दुइपक्षिय सम्झौता हुने पनि निगमले जानकारी दिएको छ ।
निगमले एयरवसको ए३३०–२०० सिरिजको वाइडवडि जहाज खरिद गर्ने भएको छ । यो जहाज २५० देखि २८० सिट क्षमताको हुनुपर्ने सर्त निगमले तोकेको छ । बढिमा एक हजार घण्टा उडान गरेको जहाजलाई निमगले किन्न सक्ने भएकोले सोही अनुसारको सर्त तोकेर आएकाको मात्रै निगमले प्रस्ताव हेर्ने भएको छ ।
जहाज खरिद गर्न निगमले २५ अर्ब रुपैयाँको जोहो पनि गर्नुपर्र्ने भएको छ । दुईवटा वाइडवडि जहाजको माग हामीले गर्ने भएकोले लिजिङ कम्पनी, एयरवसको जहाज उडान गरिरहेको वायुसेवा वा जहाज निर्माता कम्पनी जसले पनि प्रस्ताव हाल्न पाउने भएका छन् । निगममा परेको प्रस्तावमध्येबाट सस्तो र राम्रो छनोट हुने भएकोले खुला रुपमा कम्पनी छनोट गरेर जहाज किन्न पाउने विकल्पसहति प्रस्ताव माग गरिने छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.