ग्यास ढुवानीमा समस्या छैन्, ग्यासको अभाव पनि हुँदैन: निगम

  २०७३ कार्तिक २३ गते १३:४४     विकासन्युज

gas-bulletकाठमाडौं, २३ कात्तिक । नेपाल आयल निगमले ग्यास ढुवानीमा कुनै समस्या नरहेको स्पष्ट पारेको छ । नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय बुलेट धनीहरुले ग्यास ढुवानीमा अनिच्छा देखाउँदै आन्तरिक बजारमै विकल्प खोज्ने थालेको भन्ने हल्ला गलत भएको निगमका प्रवक्ता भानुभक्त खनालले विकासन्युजसँग भने । उनले बजारमा ग्यासको अभाव हुने सम्भावना पनि नरहेको स्पष्ट पारेका छन् ।

नेपालले ग्यास बुलेट खरिद प्रक्रिया अघि बढाएसँगै भारतीय ढुवानी कर्ताहरुले आन्तरिक बजारमा विकल्प खोज्दै ढुवानीमा अनिच्छा देखाएको हल्ला नेपालमा फैलिएको छ ।‘अहिले नै भारतीय ढुवानी कर्ताहरुले नेपाली बजारको विकल्प खोज्ने अवस्था आएको छैन, नेपालले ग्यास बुलेट खरिद गर्ने भन्ने निर्णय गरेको छ, तर त्यो कार्यान्वयन हुन अझै केहि समय लाग्छ’, निगमका प्रवक्ता खनालले भने । उनका अनुसार दैनिक एक हजार टन ग्यास नेपाल भित्रिने गरेको छ । दैनिक ५५ देखि ६० वटा बुलेटबाट नेपाल ग्यास ढुवानी हुँदै आएको छ । १८ सयदेखि १९ सय टन क्षमताका भारतीय ग्यास बुलेटहरुले ग्यास ढुवानी गर्दै आएका छन् ।

गत बर्ष भारतले लगाएको नाका बन्दीका समयमा भारतीय व्यवसायीले ग्यास ढुवानीमा असहयोग गरेपछि नेपाल आफैंले ग्यास बुलेट खरिद गर्ने निर्णय गरेको छ । त्यसका लागि अनुमति दिइसकिएको भएपनि मापदण्ड नबनेकाले काम अघि बढ्न सकेको छैन् । ग्यास बिक्रेता महासंघका महासचिव चन्द्र बहादुर थापाले नेपाली व्यवसायीले नै बुलेट किनेर ग्यास ढुवानी गर्दा आपुर्ति व्यवस्था सहज हुनुका साथै नेपाल रकम बाहिरने क्रम पनि ठुलो रोकावट आउने बताए ।

निगमका प्रवक्ता खनालले पनि नेपाल आफैंले बुलेट खरिद गरेर ग्यास ढुवानी गर्ने प्रक्रियामा निगमले सहजीकरण गरिरहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.