उपत्यकाको पहिचानसहित मेट्रो इलाका बनाउन प्राविधिक समितिको सुझाव, राजनीतिक दलहरूबीचमा पनि सहमति

  २०७३ कार्तिक २३ गते ११:३३     विकासन्युज

काठमाडाैं, २३ कात्तिक । उपत्यकालाई एउटै स्थानीय तह (मेट्रो) बनाउने विषयमा सबै राजनीतिक दलहरु सहमत भएका छन् । काठमाडौं उपत्यकका तीन जिल्लालाई मिलाएर एउटामात्र मेट्रो इलाका बनाउन राजनीतिक दलहरु सहमत भएका हुन् । उपत्यकालाई मेट्रो बनाउने सम्बन्धमा सबै राजनतिक दलहरु सहमत भएपनि प्राविधिक समितिलाई यस्तो विकल्प सिफारिस गर्न कार्यदेश नभएकोले स्थानीय तह पुनः संरचनामासमितिले यसलाई सुझावको रुपमा उल्लेख गरेको छ ।

सुझाव अनुसार काठमाडौंको एकिकृत विकासको लागि काठमाडौं उपत्यकाको ऐतिहासिक, साँस्कृतिक पहिचानलाई कायम राख्दै उपत्यकालाई आधुनिक, प्रविधिमैत्री तथा लैगिंकमैत्री, सुरक्षित, शान्त, स्वच्छ, सफा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न मार्ग निर्देश गरिएको छ । ‘ काठमाडौं उपत्यकालाई स्वायत्त उपत्यका मेट्रो क्षेत्रको रुपमा पुनः संरचना गर्ने परिकल्पना विकल्पको रुपा अघि सारिएको काठमाडौं जिल्ला विकास समितिका सदस्य सचिव तथा वरिष्ठ सूचना अधिकृत प्रवीण प्याकुरेलले बताए ।

‘उपत्यकालाई मेट्रो बनाउने वहसमा राजनीतिक दल, सांसद् तथा अन्य सरोकारवालाहरुबाट समेत समर्थन आएको छ,’ उनले भने ‘यसका लागि ललितपुर तथा भक्तपुर जिल्ला विकास समितिको समेत सहमति आवश्यक पर्छ ।’ तीनै जिल्लाबाट यस्तो सहमति जुट्न सकेमा यस अन्तर्गत कस्ता इकाइ कतिवटा रहने, जिल्ला समन्वय समिति गठन कसरी गर्ने, राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदाता कतिजनाको र को को हुनेलगायतका विषयका सम्बन्धमा उच्च राजनीति तहमा छलफल भई उचित निर्णय गरिनु पर्ने उनले बताए ।

त्यसैगरी काठमाडौं जिल्लाको स्थानीय निकायको पुनः संरचना गर्न गठित प्राविधिक सहयोग समितिलाई प्राप्त कार्यशर्त तथा कार्यविधिअनुसार काठमाडौं जिल्लामा कम्तिमा आठ ओटा र बढीमा ११ ओटा स्थानीय निकाय प्रस्ताव गरिनुपर्ने, नगरपालिकामा अन्य तोकिएका विकासका पूर्वाधारको अतिरित्त न्यूनतम ६० हजार जनसङ्ख्या हुनुपर्ने छ । उपमहानगरपालिकाको हकम पूर्वाधारका अतिरिक्त एक लाख ५० हजार जनसंख्या हुनुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । साविकको वडालाई टुक्राउन नहुने, ३ हजार २ सयभन्दा बढी जनसंख्या भएमा एउटा वडा थप्न सकिने बताइएको छ ।

हाल काठमाडौंमा कायम रहेका ११ वटा नगरपालिकामध्ये शंखरापुर र दक्षिणकाली नगरपालिकाम अन्य पूर्वाधार तयार भएपनि जनसंख्या भने मापदण्ड अनुसार नपुगेको प्याकुरेलले बताए । क्षेत्रफलका हिसावले यी दुई नगरपालिका अन्यभन्दा ठूला भएपनि भौगोलिक विकटताको कारण जनसंख्या नपुग भएको हो । स्थानीय तह पुनः संरचना आयोगले तोकेको मापदण्ड अनुसार प्रत्येक वडामा कम्तीमा ६ हजार ४ सय जनसंख्या हुनुपर्नेछ । हाल यी दुई नगरपालिकामामध्ये शंखरापुरमा २५ हजार ३ सय ३८ र दक्षिणकालीमा २४ हजार २ सय ९७ जनसंख्या रहेका छन् ।

ऐतिहासिक तथा धार्मिक हिसावले समेत यी दुबै नगरपालिकाको छुट्टै पहिचान भएकोले गाउँपालिका नबनाइ नगरपालिकानै साविक राख्न समितिले सुझाव दिएको छ । एक पटक नगरपालिका घोषणा गरिसकेपछि पुनः त्यसलाई गाउँपालिका बनाउन उचित नहुने उसको ठम्याइ छ ।
जिल्ला प्राविधिक सहयोग समिति काठमाडौंले स्थानीय तह पुनःसंरचना आयोगलाई बुझाएको प्रतिवेदन अनुसार केही समय अघिमात्र गाविसहरुलाई जोडेर नगरपालिका बनाइएकाले पुनः संरचना गर्दा प्रत्येक गाविसमा कम्तिमा एउटा वडा हुनुपर्ने छ ।

काठमाडौं महानगरपालिकाका वडाहरुमा जनसंख्या वितरण असमान भएकोले पुनः संरचना गर्दा यसलाई भरसक समान गराउनु पर्ने सुझाव पनि दिइएकोछ । हाल महानगरपालिकाको वडामा ३ हजार ४ सय ८६ देखि ८४ हजार ४ सय ४१ सम्म जनसंख्या रहेका छन् ।
महानगरपालिकालाई यथावत राखी वाँकी रहेका १० ओटा नगरपालिकामा आयोगले तोकेको मापदण्ड पुरा गरी पुनः संरचना गरेमा ९ ओटा नगरपालिका बन्न सक्ने देखिन्छ । हाल काठमाडौं जिल्लामा ११ ओटा नगरपालिका कायम भैसकेकोले यी दुई नगरपालिकालाई अन्य नगरपालिकामा समावेश नगरी छुट्टै नगरपालिका कायम राख्न सर्वदलिय निर्णय समेत भइसकेको छ ।

नगरपालिका        जम्मा जनसंख्या      हालको वडा       अब कायम हुने अधिकतम वडा
शंखरापुर              २५,३३८                      १५                           ६ देखि ९ सम्म
कागेश्वरी मनहरा   ६०,२३७                      १६                           ९
गोकर्णेश्वर            १,०७,३५१                    १६                           १७
बुढानिलकण्ठ      १,०७,९१८                    १९                           १७
टोखा                   ९९,०३२                      १५                             १५
तारकेश्वर             ८१,४४३                      २१                             १३
नागार्जुन             ६७,४२०                      १४                             ११
चन्द्रागिरी           ८५,१९८                       २५                             १३
दक्षिणकाली        २४,२९७                     १५                             ६ देखि ९ सम्म
कीर्तिपुर             ६५,६०२                     १९                               १०
कामनपा           ९,७५,४५३                  ३५                             ३५
जम्मा                १६,९९,२८९                २१०                             १५८
स्रोतः स्थानीय तह पुनः संरचना प्राविधिक सहयोग समिति काठमाडौंको प्रतिवेदन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.