२०७३ कार्तिक २२ गते १८:३१ विकासन्युज
काठमाडौं, २२ कात्तिक । गत आर्थिक वर्षको पहिलो २ महिनामा २७ दशमलब ५ प्रतिशतले बढेर १०७ अर्ब ६७ करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो तर चालु आर्थिक वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह जम्मा ६ दशमलब ६ प्रतिशतले मात्रै बढेर ११४ अर्ब ७४ करोड रूपैयाँमा खुम्चियो । गत आवको पहिलो २ महिना भन्दा चालु आवको सोही अवधिमा रेमिट्यान्स नेपाल भित्रिने क्रमको वृद्धिदर २० दशमलब ९ प्रतिशतले घटेको हो ।
रेमिट्यान्सको आप्रवाह निरन्तर वृद्धिदरकाे लाभ लिदै अाएकाे नेपालकाे अर्थतन्त्रले त्याे लाभ गुमाउन लागेकाे चिन्ता सबैतिर छाएकाे छ । केन्द्रिय बैंकदेखि रेमिट्यान्स सञ्चालक र व्यवस्थापक सबैले रेमिट्यान्स आप्रवाहको वर्तमान अवस्था जारी रहे अर्थतन्त्रमा बहुआयामिक जोखिम निम्तन सक्ने खतरा औल्याएका छन् ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण पौडेलले रेमिट्यान्स आप्रवाहको वृद्धि न्युन हुँदा त्यसले सिंगो अर्थतन्त्रलाई नै नकारात्मक असर पार्ने भन्दै विकल्पको खोजीमा जुट्नुपर्ने बेला भएकाे बताए । ‘जीडिपीको ३० प्रतिशत हिस्सा ओगटेको रेमिट्यान्सको आप्रवाह वृद्धिदर घट्दा शेधनान्तरमा असर गर्छ, मुलुकको चालु खातामै असर गर्छ’, केन्द्रीय बैंकका प्रवक्ता पौडेलले भने ।
चालु आवको पहिलो २ महिनासम्ममा चालु खाता ११ अर्ब १२ करोडले घाटामा रहेको छ भने सोधनान्तर ३ अर्ब ५० करोड रुपैंयाँले घाटामा रहेको छ । जबको गत आवको सोही अवधीमा चालु खाता ३८ अर्ब ४८ करोड र शोधनान्तर ३१ अर्ब ८८ करोडले बचतमा रहेको थियो ।
प्रवक्ता पौडेलले यहि अवस्था निरन्तर रहेमा आगामी १० महिनापछि मुलुकको अर्थतन्त्र उच्च जोखिममा पुग्ने बताए । रेमिट्यान्सको आप्रवाह घट्दा मुलुकको वस्तु तथा सेवा खरिद गर्ने क्षमता घट्ने, जनताको क्रयशक्ति समेत घट्ने भएकाले समयमै सचेत हुनुपर्ने बताए ।
रेमिट्यान्स कम्पनी अार्इएमर्इ प्रा लिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पनि रेमिट्यान्स वृद्धिदर घटेकाले यसकाे नकारात्मक असर सामान्य नागरिककाे जनजीवनसम्म पुग्ने बताए । ‘अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। रेमिट्यान्स घट्दा सर्बसाधारणा नेपालीका छोरीछोरीले राम्रो स्कुलमा पढ्ने अवसर गुम्न सक्छ, विरामी पर्दा राम्रो उपचार गराउन नसक्ने अवस्था अाउन सक्छ, रेमिट्यान्स अायबाट राम्रो घर बनाउन याेजना सपना मात्र बन्न सक्छ’ ढकाल भन्छन् -‘यस्तै अवस्था लामाे समय रहे ग्रामिणा क्षेत्रमा चाउचाउ बिक्री समेट हुन छाेड्छ ।’
रेमिट्यान्स एसोसियसन अफ नेपालका सचिव सुमन पोखरेलले पनि रेमिट्यान्स आप्रवाहको वृद्धिदर घटेकाले अर्थतन्त्र जोखिमतर्फ अघि बढेको बताए । उनले रेमिट्यान्स घटेसँगै नेपालका ५० प्रतिशत घरधुरीको आम्दानी घट्ने बताए । रेमिट्यान्स वृद्धिदर घट्दा बैंकका तरलताको अभाव, लगानी याेग्य पुँजी कमी, बैंककाे व्याजदर वृद्धि, उत्पादन लागत वृद्धि जस्था अार्थिक समस्याका लक्षण देखापरेकाे उनकाे विश्लेषण छ ।
के हुन सक्छ विकल्प
राष्ट्र बैंकका प्रवक्ता पौडेलले घट्दो रेमिट्यान्स आप्रवाह वृद्धिदरको विकल्पका रुपमा विदेशी विनियम बढाउन निर्यात बढाउने, आयात घटाउने, लक्जरी समानको आयात कटौती गर्ने, वैदेशिक रोजगारीको सुरक्षित गन्तव्य खोज्ने, बैंकिङ च्यानलबाट रेमिट्यान्स भित्र्याउने, विदेशी पर्यटकको नेपाली बसाई तथा खर्च बढाउने गरि बिशेष योजना बनाउनुपर्नेमा जोड दिए ।
चन्द्र ढकालले भने भारतबाट बैंकिङ च्यानल प्रयोग गरि पैसा पठाउन प्रोत्साहन गर्ने, दक्षिण कोरिया गएका नेपाली कामदारको पैसा बैकिङ च्यानलबाटै ल्याउने लगायतका काम गनुपर्ने बताउँछन् । ‘काेरियामा जाने नेपालीकाे संख्या बढेकाे छ, तर रेमिट्यान्स ज्यादै कम छ । भारतमा काम गर्ने नेपाली धेरै छन् तर रेमिट्यान्स उल्लेख्य मात्रामा अाएकाे देखिएकाे छैन’ उनी भन्छन्-‘यी बजारबाट प्रयाेग भएकाे हुण्डि काराेबारलार्इ विस्तापित गराउने र अाैपचारिक बाटाेकाे प्रयाेगलार्इ प्राेत्साहित गर्नुपर्छ ।’
रेमिट्यान्स वाहेक विदेशी मुद्रा अार्जन गर्ने मुख्य स्राेत निर्यात व्यापार ज्यादै कमजाेर छ भने पर्यटन सेवाकाे क्षेत्र पनि भूकम्प र नाकाबन्दी पछि उकासिन सकेकाे छैन । १०० रूपैयाँकाे अायात गर्दा ८ रूपैयाँकाे निर्यात गर्दै अाएकाे नेपालका लागि रेमिट्यान्स अायमा घट्दा शाेधनान्दर सन्तुलन कायम गर्न र विदेशी मुद्राकाे जाे गर्न सरकारलार्इ धेरै कठिन हुने देखिएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.