२०७३ कार्तिक १३ गते ९:०६ विकासन्युज
काठमाडौं १३, असोज । नेपालका वायुसेवाको हवाई उड्डयन सुरक्षा सुधार गर्न एयरलाइन्स बन्द गर्ने निर्णयमा पुगेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक संजिव गौतमले बताए ।
पहिलोपटक हवाई उड्डयन सुरक्षा प्रतिवेदन सार्वजनिक गरेपछि गौतमले भने ‘हामीले नेपाली वायुसेवालाई अन्तिमसम्म मौका दिन्छौ, नेपाली वायुसेवा जोगाउने प्रयासमा गर्छौ, तर सुरक्षा मापदण्डपूरा नभए संचालनमा रहिरेको वायुसेवा पनि बन्द गर्न बाध्य हुन्छौं’।
नेपालको उड्डयन क्षेत्रको सुधारका लागि नेपालबाट उडान गर्ने वायुसेवालाई दिने उडान अनुमति बन्द गर्ने निष्कर्षमा प्राधिकरण पुगेको पनि उनले बताए ।
गौतमका अनुसार नेपालको उडड्यन क्षेत्रको कालोसूची हटाउने र नेपाली वायुसेवाको शाख बढाउन पनि प्राधिकरणले थप वायुसेवाई लाइसेन्स बन्द गर्ने निष्कर्षमा पुगेको छ । औपचारिक रुपमा भने प्राधिकरण बोर्ड बैंठकले निर्णय गर्न बाँकी छ । ‘अब उडान सुरक्षाको सुधार नभएसम्म तर, नयाँ लाइसेन्स भने जारी हुँदैन’ उनले भने ।
नेपालको वायुसेवा युरोपेली युनियन (इयु)को कालोसूचिमा परेको तीन वर्ष पुग्नै लागेको छ । यो अवधिमा प्राधिकरणले आन्तरिक उडानको वायुसेवा सौर्य एयरलाइन्स र हेलिकोप्टरमा अल्टिच्युट हेलिकोप्टरलाई मात्रै उडान अनुमति दिएको छ ।
उड्डयन कालोसूची हटाउन थप वायुसेवाले उडान अनुमति नपाउने र भएकै वायुसेवा पनि आवश्यक मापदण्ड पूरा नगरे बन्द हुने भनाइ प्राधिकरणको छ ।
प्राधिकरणका उपमहानिर्देशक राजनराज पोखरेलका अनुसार आगामी फेब्रुअरी २०१७ भित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को भ्यालिडिएसन टोली नेपाल आउने भएको छ । यो टोलीले नेपाली वायुसेवा र उड्डयन क्षेत्रको अडिट गरेर नेपाली वायुसेवा इयुमा उडान गर्न पाउने गरी कालोसूची हट्ने दाबी पनि गरे ।
प्राधिकरणका अनुसार नेपालको वायुसेवा कालोसूचिमा परेपछि भएको सुरक्षा संवेदशीलता र उड्डयन सुरधारको काम धेरै भएको छ । उड्डयन क्षेत्रको सुधारकै लागि प्राधिकरणले हवाई सुरक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । यस्तो प्रतिवेदनमा विश्वको हवाई सुरक्षाको तुलनामा पछिल्लो समय नेपालको उड्डयन सुरक्षा पनि सन्तोषजनक हुँदै गएको छ ।
हवाइ उडान कालोसूचीमा पर्नुको कारण हवाई दुर्घटनाका कारण पनि एक हो । सरकारले हरेक हवाई दुर्घटना हुँदा दुर्घटना जाँच आयोग गठन गर्ने गरेको छ । आयोगले दिएको सुझाव कार्यान्वयन नै नहुने अवस्थामा हाल ७० प्रतिशत सुझाव कार्यान्वयनको चरणमा पुगेको दाबी पनि प्राधिकरणको छ ।
हवाई उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षा सुधारको नाममा निजी क्षेत्रका वायुसेवालाई कडाइ गरेर व्यवसायीय वातावरण नविगार्न नेपाली वायुसेवा कम्पनीको भनाइ छ । नेपाली वायुसेवा कम्पनीको अनुसार हवाई उडान सुधार गर्न वायुसेवा कम्पनी र प्राधिकरणको भूमिका उल्लेख हुने पनि बताए ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.