नेपालमा ‘मेड इन चाइना’ क्रेज, मोबाइल मार्केटको ७६ प्रतिशत हिस्सामा कब्जा

  २०७३ असोज १० गते ९:३३     नारायण पौडेल

chinese_mobileकाठमाडौं, १० असोज । ‘मेड इन चाइना आज छ भोली छैन्’ भन्ने उखान नेपाली समाजमा चर्चित छ । तर बजारमा भने मेड इन चाइना क्रेज निरन्तर बढेको देखिन्छ । त्यसको प्रमाण हो नेपाली उपभोक्ताका हातहातमा छ्यापछ्याप्ती भेटिने चाइनीज मोबाइल ।

नेपाली मोबाइल बजारको साढे ७६ प्रतिशत बजार हिस्सा चाइनिज मोबाइलले मात्रै ओगटेको छ । अर्थात मोबाइल बोक्ने प्रत्येक एक सय नेपाली मध्ये साढे ७६ जनाले चाइनिज मोबाइल नै बोक्छन् ।

गत आर्थिक वर्ष २०७२/७३ मा १३ अर्ब ९२ करोड मुल्य बराबरका ४४ लाख ६२ हजार थान चाइनिज मोबाइल नेपाल भित्रिएका छन् । जबकी सो अवधीमा जम्मा १८ अर्ब १९ करोड मुल्यका ४९ लाख ९० हजार थान मोबाइल मात्रै आयात भएको छ ।

मोबाइल पारखी नेपालीहरुको रोजाईमा चाइनिज मोबाइल पर्नेेक्रम निरन्तर वृद्धि भैरहेको तथ्यांकले नै देखाउँछ  आर्थिक वर्ष २०६९/७० मा ४ अर्ब ४५ करोड मुल्यका २० लाख सेट चाइनिज मोबाइल नेपाल भित्रिएका थिए । तर आर्थिक वर्ष २०७०/७१ मा त्यो बढेर ७ अर्ब ५६ करोड पुग्यो । त्यस बर्ष २९ लाख सेट चाइनिज मोबाइल नेपाल भित्रिए । यो संख्या अघिल्लो बर्षको तुलनामा ६९ दशमलब ८८ प्रतिशतले बढि हुन आउँछ ।

त्यस्तै, आर्थिक वर्ष २०७१/७२ मा त्यो संख्या बढेर ९ अर्ब ८० करोड पुग्यो र ३४ लाख चाइनिज मोबाइल नेपाल भित्रिए । सो बर्ष चाइनिज मोबाइलको बजार २९ दशमलब ६२ प्रतिशतले बढ्यो । आर्थिक बर्ष २०७१/७२ को तुलनामा आव २०७२÷७३ मा चाइनिज मोबाइलको बजार ३४ दशमलब ५४ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

केहि हप्ता मात्रै पहिले ब्राजिलमा सम्पन्न ठुला अर्थतन्त्र भएका मुलुकहरुको समुह जी२०को बैठकमा अमेरिका र युरोपियन मुलुकहरुले चीनको अधिक औद्योगीक उत्पादन क्षमता विश्व अर्थतन्त्रका लागि घातक सिद्ध भैरहेको आरोप लगाएका थिए । तर चीनले भने आफ्नो औद्योगीक क्षमता निरन्तर वृद्धि गरिरहेको छ र नेपालको बजारमा पनि चाइनिज समानको खपत वृद्धि भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.