१०३ लाख कित्ता सेयर नेप्सेमा सूचिकृत, भदौ ३० गते मुक्तिनाथको बुक क्लोज

  २०७३ भदौ २० गते ८:२८     विकासन्युज

nepse1काठमाडौं, २० भदौ । सोमबार मात्र १ अर्ब ३ लाख ४३ हजार ३५७ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन एनआइसी एसिया बैंक, नमस्ते वित्तीय संस्था, आइसीएफसी फाइनान्स, हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनी र कालिन्चोक देव विकास बैंकको बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

एनआइसी एसिया बैंकको ९२ लाख ३७ हजार ५४० कित्ता सेयर, नमस्ते वित्तीय संस्था लि.को ६२ हजार ५०० कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ । त्यसैगरी, आइसीएफसी फाइनान्सको ४ लाख ४८ हजार ३१७.५६ कित्ता, हिमालयन जेनेरल इन्स्योरेन्सको ५ लाख ३५ लाख कित्ता र कालिन्चोक देव विकास बैंकको ६० हजार कित्ता बोनस सेयर नेप्समा सूचिकृत भएको हो ।

भदौ ३० गते मुक्तिनाथ विकास बैंकको बुक क्लोज हुने भएको छ । बैंकले सो दिन सेयरधनीलाई हकप्रद सेयर निश्कासन गर्ने भएकाले बुक क्लोज गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.