हकप्रद सेयरमा रिडी हाइड्रोपावरको जालझेल, साढे ७३ हजार कित्ता बोलकबोलमा बेचिँदै

  २०७३ भदौ १९ गते ९:४४     विकासन्युज

ridi_hydropowerकाठमाडौं, १९ भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले असार १ गतदेखि साउन ४ गतेसम्म १० बराबर ३ दशमलब ५ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्यो । एक महिनाका लागि आवेदन अबधी तोकेको रिडीले जम्मा दुई वटा मात्रै आवेदन संकलन केन्द्र तोकेको थियो । ती दुबै आवेदन केन्द्र काठमाडौंमै थिए । ग्लोबल आईएमइ क्यापिटल नाचघर र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी टे«ड टावर थापाथलीमा मात्रै आवेदन दिन सकिने कम्पनीको आव्हान पत्रमा उल्लेख थियो ।

लगानी कर्तालाई पर्याप्त सूचना र आवेदन संकलन केन्द्र नदिएर कम्पनीले हाल ७३ हजार ६ सय ६१ कित्ता शेयर बोलकबोलका लागि आव्हान गरेको छ । कम्पनीले संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता सेयर बोलकबोलमा बिक्रि गर्न लागेको हो । शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्रमा न्युनतम १ सय कित्तादेखि अधिकतम ७३ हजार कित्ता नै आवेदन दिन सक्नेछन् । रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ रहेको छ । रिडीको नेपाल स्टक एक्सचेन्जमा ४७ लाख २२ हजार तीन सय कित्ता शेयर सूचिकृत छ ।

रिडी कम्पनीले गुल्मीमा २४०० वाट क्षमताको रिडीखोला हाइड्रोपावर निर्माण गरेको छ । तर कम्पनीले आयोजना प्रभावितका लागि वितरण गरिएको सेयर वापत प्राप्त हुने हकप्रदका लागि समेत सो क्षेत्रमा संकलन केन्द्र राखेन् । ‘आयोजना प्रभावित गुल्मीका लगानी कर्ताले हकप्रदमा कसरी आवेदन दिने ? हजारौं खर्च गरेर काठमाडौं आउनु पर्ने अवस्था सृजना किन गरियो ? यसबाटै प्रष्ट हुन्छ कम्पनीले लगानी कर्तामाथी अन्याय गरेको छ’, लगानी कर्ता ज्योति दाहालले भने । उनले हकप्रद निष्काशनका लागि १० प्रतिशत लगानी कर्ता रहेको जिल्लामा एउटा संकलन केन्द्र अनिवार्य गर्नुपर्ने समेत बताए ।

 

सेयर बजारका विश्लेषक रविन्द्र भट्टराईले पनि रिडी हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशनका क्रममा लगानी कर्तामाथी अन्याय गरेको आरोप लगाए । उनले कम्पनीको वेभसाइटबाट फारम डाउनलोड गरेर हकप्रद भर्न सकिने व्यवस्था कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । ‘सरकारले अनलाईनबाट टेण्डरको फारम भर्न सकिने कानुनी व्यवस्था गरिसकेको छ, अब हकप्रदमा पनि अनलाइनबाटै आवेदन दिने व्यवस्था गरिनु पर्छ’, भट्टराईले भने ।

भट्टराई र दाहाल दुबैले नेपाल धितोपत्र बोर्डको गैरजिम्मेवारीका कारण हकप्रद सेयरमा लगानी कर्तामाथी अन्याय भैरहको आरोप समेत लगाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.