रिडी हाइड्रोको ७३ हजार कित्ता शेयर विक्रीमा, ३ सय पुगेको शेयरको लिलाम बिक्री १०१ बाटै

  २०७३ भदौ १९ गते ३:५३     विकासन्युज

काठमाडौं १९, भदौ । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ७३ हजार ६६१ कित्ता शेयर विक्रीमा रहेको छ । बोलपत्रद्वारा विक्री गर्न लागिएको यस्तो शेयर संस्थापकतर्फको १४ हजार २ सय ७८ कित्ता र सर्वसाधारणतर्फको ५९ हजार ३८३ कित्ता गरि कुल ७३ हजार ६६१ कित्ता शेयर विक्रीमा रहेको छ । ridi_hydropower

रिडीले गत असार १ गतेदेखि साउन ४ गतेसम्म विक्री खुला गरि आवेदन माग गरेको शेयरमा बाँकी रहेकोलाई बोलपत्रबाट पुनः विक्री खुला गरिएको हो । यसको शेयर खरिद गर्न चाहनेले शिलवन्दी बोलपत्र पेशग गर्नुपर्ने छ ।

यसका लागि आगामी असोज ४ गतेबटा १८ गतेभित्र आवेदन दिइसक्नुपर्ने सर्त तोकिएको छ । प्रति कित्ता न्युनतम १ सय रुपैयाँ तोकिएको यो शेयर यस भन्दा बढी मूल्यमा बोलकबोल गर्नुपर्ने सर्त कम्पनीले राखेको छ । यसको विक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटल हो ।

यसका आवेदन दिन चाहनेले न्युनतम १ सय कित्ताको आवेदन दिन पाउनेछन् । अधिकतम सीमा नतोकोले एउटै व्यक्तिले सबै ७३ हजार कित्ता नै लिन पनि पाउने छ ।

रिडीको अहिले शेयर मूल्य प्रतिकित्ता ३ सय रुपैयाँमाकारोबार भइरहेको छ ।  यसको शेयर पूँजी ४७ करोड २२ लाख रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.