सुजुकीको धुम अफर, बाइक वा स्कुटर खरिदमा १ लाख रुपैयाँ नगद छुट

  २०७३ भदौ १७ गते ११:३७     विकासन्युज

Suzuki_Dhoom_offerकाठमाडौं, १७ भदौ । नेपालका लागि सुजुकी मोटरसाइकल इण्डिया प्रालि.को आधिकारिक विक्रेता भीजी अटोमोबाइल्स प्रालि.ले भीजी सुजुकी धुम अफर ल्याएको छ । सो अफर भीजी सुजुकीका हरेक बाइक र स्कुटरमा लागू हुनेछ ।

दशैं तिहारलाई लक्षित गरेर ल्याइएको सो अफरमा ग्राहकले हरेक बाइक वा स्कुटरका खरिदमा एउटा स्क्र्याच कुपन पाउने छन् । जसमा ७ हजारदेखि १ लाख रुपैयाँ सम्मको नगद छुट पाउने छन् । साथै, भाग्यशाली विजेताले हरेक महिना लक्की ड्र मार्फत सुजुकी जिक्सर एसएफ मोटो जिपी प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

उक्त अफरका बारेमा बोल्दै भीजी अटोमोबाइल्सका मार्के्टिङ प्रबन्धक समित सिंहले भने– “नेपालीहरुका महान् चाडपर्वलाई लक्षित गरी ल्याईएको यस अफरले हाम्रा ग्राहक हरुको यस रमणीय वातावरणमा थप हर्ष प्रदान गर्नेछ । यस अफर मार्फत हामी हाम्रा ग्राहकवर्गलाई दशैं तिहारको शुभकामना व्यक्त गर्न चाहन्छौं ।”

सुजुकी जिक्सर एसएफ डियुल डिस्क, सुजुकी जिक्सर डियुल टोन डियुल डिस्क, सुजुकी एक्सेस १२५को आगमन तथा चाडपर्वको भारी नगद छुटले भीजी सुजुकी दुई पांग्रे जगतमा अघि बढ्न सकेको छ । यो अफर नेपाल अधिराज्यभरमा रहेको भीजी सुजुकी डिलरमा लागु हुने कम्पनीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.