डाबर नेपाल र त्रिभुवन विश्वविद्यालय बीच सम्झौता

  २०७३ भदौ १६ गते १२:२६     विकासन्युज

काठमाडौं, १६ भदौ । डाबर नेपाल र त्रिभुवन विश्वविद्यालय बीच फेलोशिपको स्थापना गर्ने सम्बन्घि सम्झौता भएको छ । उक्त सम्झौता अनुसार विश्वविद्यालयले योग्य विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नेछ । डाबर नेपालले विश्वविद्यालयको वनस्पतिशास्त्र विभागसँग हिमाली क्षेत्रमा औषधिमूलक र एरोमेटिक वनस्पतिमा सोध र विद्यावारिधि गरिरहेका विद्यार्थीहरुका लागि १० लाख रुपैयाँको पूर्ण छात्रवृत्ति प्रदान गर्न फेलोशिपको स्थापना गरेको हो । डाबर इन्डियाका पूर्व अध्यक्ष स्व. अशोक चन्द बर्मनको नाममा उक्त फेलोशिपको स्थापना गरेको जनाएको छ ।

dabour_nepal

सम्झौता अनुसार विद्यार्थीहरुले डाबरको अत्याधुनिक ग्रीन हाउसहरुको पनि प्रयोग गर्न पाउनेछन् । यस सोध कार्यको लागि डाबरको औषधिमूलक र एरोमेटिक वनस्पति विभागका प्रमुख डा. पंकज प्रसाद तिवारी को(सुपरभाइजर रहने छन् ।

हालको लागि त्रि.वि सँगको फेलोशिप सहकार्य ३ वर्षको हुनेछ । विगत दुई दशक देखि बनेपास्थित आफ्नो नर्सरीद्वारा डाबर नेपालले औषधिमूलक र एरोमेटिक वनस्पतिको उत्पादनको लागि कृषि प्रविधि र कृषकहरुलाई मुनाफा प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख छ । मुस्ताङ्ग, हुम्ला, जुम्ला, सुर्खेत, संखुवासभा जस्ता नेपालका दुर्गम स्थल र बिरगंजमा पनि डाबर नेपालले अनुबन्धित खेतीबाट विभिन्न औषधिमूलक र एरोमेटिक बोटबिरुवाको उत्पादन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.