डिसहोमका सेवाहरु अब मोबाइल एप र वेभसाइटमा

  २०७३ साउन ३१ गते ११:१८     विकासन्युज

dish_homeकाठमाडौं, ३१ साउन । डिसहोमले आफ्नो सेवालाई थप सजिलो बनाउनका लागि आफ्नै मोवाइल एप शुरु गरेको छ । यस मोबाइल एप मार्फत ग्राहकहरुले विभिन्न सेवा तथा सुविधा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीका अनुसार यस एपको मुख्य सेवाहरुमा एप मार्फत रिचार्ज गर्न सकिने सुविधा हो । बजारबाट रिचार्ज कार्ड खरिद गरेर यस एप मार्फत रिचार्ज गर्न सकिन्छ । साथै रिचार्ज कार्ड खरिद गर्न सम्भव नभएका अवस्थामा एससिटिको एटिएम कार्डको कार्ड नम्बर र पिन नम्बर राखेर समेत सजिलै रिचार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका नायब प्रबन्धक कल्याण अधिकारीले जनाए अनुसार ग्राहकहरुले लाइन काटिएमा ३ दिनको लागि लाइन खुलाउन क्रेडिट सेवा पनि यस एपमा प्रयोग गर्न सक्ने छन् । यसका अलावा ब्यालेन्सबारे बुझ्न, हप्ता भरिको कार्यक्रम तालिका हेर्न, वितरकहरु संग सम्पर्क गर्न र बिक्रि पछिका सेवा प्राप्त गर्न समेत डिसहोमको मोबाइल एप प्रयोग गर्न सकिने अधिकारीले बताए ।

डिसहोमका यी सेवाहरु मोबाइल एपका साथ साथै डिसहोमको वेभसाइट www.dishhome.com.np मा समेत प्रयोग गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.