३३ अर्ब लागतमा सुनकोशी–मरिन डाइभर्सन निर्माणको तयारी, ४० मेगावाट विद्युत उत्पादन र साढे २ लाख हेक्टर जमिन सिंचाई

  २०७३ साउन ९ गते ७:०५     विकासन्युज

काठमाडौं, ९ साउन । बहुउद्देश्यी सिंचाइ आयोजना सुनकोशी– मरिन डाइर्भसनको निर्माणको लागि विस्तृत परियोजना (डीपीआर ) अन्तिम अवस्थामा पुगेको छ । करिब ३३ अर्ब रुपैयाा लागत अनुमान गरिएको उक्त आयोजनाबाट ४० मेगावाट विद्युत् उत्पादन हुने र विभिन्न क्षेत्रका २ लाख ४४ हजार हेक्टर जमिन सिंचाइ हुने सिंचाइ मन्त्रालयले जानकारी दिएको छ ।

sunkoshiसुनकोशीमा हिउँदमा समेत १ सय घनमिटर प्रतिसेकेन्ट पानी वग्ने भएकाले आयोजनाबाट वहुपक्षीय लाभ लिन सरकारले यस्तो आयोजना लगानी गर्न लागेको हो । सिन्धुली जिल्लाको खुर्कोटदेखि ३ किलोमिटर उत्तरमा सुनकोशीको पानी मरिन खोलामा झारेर यहिबाट जलविद्युत् निकाल्ने सरकारको योजना भएको मन्त्रालय योजना तथा कार्यक्रम महाशाखा प्रमूख (सह –सचिव ) सागरकुमार राईले बताए ।

‘सुनकोशीको पानी मरिनमा झार्नको लागि १३ दशमलव १ किलोमिटरको ट्रनेल खन्नु पर्ने छ , उनले भने ‘ ट्रनेल खन्नको लागि पहिलो पटक यूरापिएन ट्रनेल बोरिङ मेशिन (टीबीएम) प्रयोग गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ ।’ युरोपबाट मेशिनको पार्टपूर्जा मगाएर नेपालको स्थानहरु निर्माण गनिने उक्त मेशिनको लागत रू. १ अर्ब पर्ने राईले बताए । भेरी बबई डाइभर्सनमा परियोजनाको ट्रनेल खन्नको लागि यस्तै मेशिन प्रयोग गरिने भएको छ ।

आयोजनाको विद्युत् निकाल्न हेड ६६ मिटर उचाइको हुनेछ भने ६ मिटरको गोलाकार डायमिटर बनाइनु पर्नेछ । आयोजनाबाट उत्पादित विद्युत्लाई ३७ दशमलव २ किलोमिटर दुरीमा रहेको ढल्केवर प्रसारण लाइनमा लगेर जडान गरिने भएको छ ।

सुनकोशी–मरिन डाइर्भसनले आयोजनाबाट कमान क्षेत्रमा १ लाख २२ हजार हेक्टर जमिन सिचिंत हुनेछ भने सुनकोशीको पानी वागमतीमा झारेर सर्लाहीका ७६ हजार ६ सय हेक्टर जमिन सिंचित हुने प्रतिवेदनमा उल्लेख गरिएको छ । ७७ घनमिटर प्रति सेकेन्डमा बग्ने उक्त पानीबाट रौतहटको ४५ हजार ४ सय हेक्टर जमिन सिंचाइ हुने राईले बताए ।

अब आयोजनाको डीपीआरले अन्तिम रुप पाएपछि राष्ट्रिय योजना आयोग तथा अर्थ मन्त्रालयसँग सहमती लिएर ठेक्का लगाउने तयारीमा मन्त्रालय रहेको छ । नेपाली लगानीमा निर्माण हुन लागेको आयोजना आगामी आव २०७४/७५ देखि कार्यक्षेत्रबाटै कार्यान्वयनमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.