करको दायरा बढाउनु व्यवसायीको हितमा छः महानिर्देशक अधिकारी

  २०७३ असार ९ गते ५:०९     विकासन्युज

काठमाडौं, ९ असार । राजश्व अनुसन्धान विभागका महानिर्देशक निलहरी अधिकारीले करको दायरा वढाउनु व्यवसायीहरुको हितमा रहेको बताएका छन् । राष्ट्रिय व्यापार संघले आयोजना गरेको राजश्व र कर सम्वन्धि वृहत अन्तरक्रिया कार्यक्रममा महानिर्देशक अधिकारीले सवै व्यवसायी करको दायरामा आए सहि कार्य गर्ने व्यवसायीहरुले दुःख पाउनुपर्ने अवस्था नआउने बताएका थिए ।
byapar_sangh
स्वच्छ व्यवसाय गर्ने व्यवसायीहरुलाई राजश्व अनुसन्धान विभागले अप्ठेरो नपार्ने बताउँदै उनले खराब काम गर्नलाई नछाड्ने घोषणा पनि गरे । यस्तै भन्सार विभागका निर्देशक सूर्य सेढाईले व्यवसायिहरुले भोग्दै आएको आयत निर्यातको समस्याको विविधतालाई एकरुपता ल्याउन व्यावसायी कोर्ड नं. को विकास गर्न लागेको जानकारी दिएका थिए ।

सेडाईले विभागले ल्याउन लागेको कोर्ड नं. प्राणाली प्रयोग गरी आप्mनो आयात निर्यातको तथ्याङ्कलाई व्यवस्थित वनाउन सहयोग गर्न सवै व्यवसायिहरुलाई आव्हान समेत गरे । कार्यक्रममा राष्ट्रिय व्यपार संघका अध्यक्ष नयन बहादुर पण्डित क्षेत्रीले व्यवसायीहरुले भोग्दै आएका नीतिगत समस्या समाधानका लागि आग्रह गरेका थिए ।

कार्यक्रममा करदाता सेवा कार्यलय न्यूरोडका प्रमुख मुक्ति आचार्यले आर्थिक वर्ष २०७३/०७४ मा राजश्व र कर सम्वन्धि भएका परिवर्तनका बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा आन्तरिक राजश्व कार्यलय क्षेत्र न. २ का प्रतिनिधि एंव विभिन्न क्षेत्रका व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.