दक्षिण एसियामा नेपालः सवैभन्दा कम आर्थिक बृद्धि र बढी मूल्यबृद्धि

  २०७३ वैशाख २० गते १३:४६     विकासन्युज

काठमाडौं, २० बैशाख । दक्षिण एशियामा नै नेपालको आर्थिक विकास सबैभन्दा कम र सवैभन्दा बढी मूल्यबृद्धि हुदै आएको छ । सन् २०१५ को आर्थिक बृद्धि सवैभन्दा कम मूल्य बृद्धि सवैभन्दा बढी भएको तथ्य सार्वजनिक भएको छ भने सन् २०१६ र सन् २०१७ मा पनि यस्तै अवस्था रहने देखिएको छ । संयुक्त राष्ट्र संघले सार्वजनिक गरेको एसिया प्यासिफिक क्षेत्रको आर्थिक सामाजिक (स्क्याप) सर्वेक्षण २०१६ले यस्तो देखाएको हो । बैशाख २० (२ मे २०१६) मा सार्वजनिक गरिएको सर्वेक्षण अनुसार दक्षिण एसियामा नेपालको अवस्था सवैभन्दा कमजोर रहेको देखाएको छ ।

bikashnews.com

सर्वेक्षण अनुसार सन् २०१५ मा नेपालको आर्थिक बृद्धिदर ३ दशमलब ४ भएको अनुमान छ । यस्तै सो बर्ष मूल्यबृद्धिदर ७ दशमलब २ प्रतिशत भएको भनिएको छ । जबकि सोही बर्ष अफगानिस्तानको आर्थिक बृद्धिदर २ प्रतिशत भएपनि मूल्य बृद्धिदर भने १ दशमलब ३ प्रतिशतले ऋणात्मक छ । यस्तै बंगलादेशको आर्थिक बृद्धिदर ६ दशमलब ५ प्रतिशत तथा मूल्य बृद्धिदर ६ दशमलब ४ प्रतिशत, भुटानको आर्थिक बृद्धिदर ५ दशमलब ९ प्रतिशत तथा मूल्यबृद्धिदर ६ दशमलब ६ प्रतिशत र भारतको आर्थिक बृद्धिदर ७ दशमलब ६ प्रतिशत तथा मूल्य बृद्धिदर ५ प्रतिशत छ ।

सर्वेक्षणका अनुसार सन् २०१५ मा नै माल्दिम्सको आर्थिक बृद्धिदर ४ दशमलब ८ प्रतिशत तथा मूल्य बृद्धिदर १ दशमलब ४ प्रतिशत, पाकिस्तानको आर्थिक बृद्धिदर ४ दशमलब २ प्रतिशत तथा मूल्यबृद्धिदर ४ दशमब ६ प्रतिशत र श्रीलंकाको आर्थिक बृद्धिदर ४ दशमलब ९ प्रतिशत तथा मूल्यबृद्धिदर ३ दशलमब ८ प्रतिशत छ ।

सन् २०१६ मा नेपालको आर्थिक बृद्धिदर २ दशमलब २ हुने अनुमान छ । यस्तै सो बर्ष मूल्यबृद्धिदर ९ दशमलब ५ प्रतिशत रहने अनुमान छ । जबकि सोही बर्ष अफगानिस्तानको आर्थिक बृद्धिदर ३ प्रतिशत तथा मूल्य बृद्धिदर पनि ३ प्रतिशतमा कायम रहने भनिएको छ । यस्तै बंगलादेशको आर्थिक बृद्धिदर ६ दशमलब ८ प्रतिशत तथा मूल्य बृद्धिदर ६ दशमलब २ प्रतिशत, भुटानको आर्थिक बृद्धिदर ६ दशमलब ५ प्रतिशत तथा मूल्यबृद्धिदर ५ प्रतिशत र भारतको आर्थिक बृद्धिदर ७ दशमलब ६ प्रतिशत तथा मूल्य बृद्धिदर ५ दशमलब २ प्रतिशत हुने भनिएको छ ।

सर्वेक्षणका अनुसार सन् २०१६ मा नै माल्दिम्सको आर्थिक बृद्धिदर ६ प्रतिशत तथा मूल्य बृद्धिदर १ दशमलब ६ प्रतिशत, पाकिस्तानको आर्थिक बृद्धिदर ४ दशमलब ५ प्रतिशत तथा मूल्यबृद्धिदर ४ प्रतिशत र श्रीलंकाको आर्थिक बृद्धिदर ५ दशमलब ४ प्रतिशत तथा मूल्यबृद्धिदर ४ दशलमब ५ प्रतिशत हुने भनिएको छ ।

यस्तै सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ४ दशमलब ५ हुने अनुमान छ । सो बर्ष मूल्यबृद्धिदर ८ प्रतिशत रहने अनुमान छ । जबकि सोही बर्ष अफगानिस्तानको आर्थिक बृद्धिदर ४ प्रतिशत तथा मूल्य बृद्धिदर पनि ४ दशमलब ३ प्रतिशतमा कायम रहने भनिएको छ । यस्तै बंगलादेशको आर्थिक बृद्धिदर ७ प्रतिशत तथा मूल्य बृद्धिदर ६ दशमलब ५ प्रतिशत, भुटानको आर्थिक बृद्धिदर ६ दशमलब ६ प्रतिशत तथा मूल्यबृद्धिदर ६ दशमलब ५ प्रतिशत र भारतको आर्थिक बृद्धिदर ७ दशमलब ८ प्रतिशत तथा मूल्य बृद्धिदर ५ दशमलब ६ प्रतिशत हुने भनिएको छ ।

सर्वेक्षणका अनुसार सन् २०१७ मा नै माल्दिम्सको आर्थिक बृद्धिदर ७ दशलमब १ प्रतिशत तथा मूल्य बृद्धिदर १ दशमलब ८ प्रतिशत, पाकिस्तानको आर्थिक बृद्धिदर ४ दशमलब ८ प्रतिशत तथा मूल्यबृद्धिदर ५ प्रतिशत र श्रीलंकाको आर्थिक बृद्धिदर ५ दशमलब ९ प्रतिशत तथा मूल्यबृद्धिदर ४ दशलमब ५ प्रतिशत हुने भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.