ग्यास तथा पेट्रोलियम उत्खननको जिम्मा चीन, जापान वा कोरियालाई दिने तयारी

  २०७२ माघ १० गते १७:२९     विकासन्युज

काठमाडौं, १० माघ । सरकारले मुलुकमा रहेका ग्यास तथा पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खननका लागि चीन, जापान र कोरियासँग छलफल अघि बढाएको छ ।

Bikashnews.com
टेण्डर आव्हान गरि खानी जिम्मा लगाईएका कम्पनीहरुले काम नगरेको अनुभव र अन्तराष्ट्रिय बजारमा निरन्तर घटिरहेको इन्धनको मुल्यलाई मध्यनजर गर्दै सरकारले आफ्नै अग्रसरतामा खानी उत्खनन गर्ने योजनासहित यी मुलुकहरुसँग छलफल अघि बढाएको हो ।

‘चीन, जापान र कोरियासँग नेपालमा रहेका ग्यास तथा पेट्रोलियम खानीहरुको अन्वेषण तथा उत्खननका लागि छलफल अघि बढेको छ ।’, उद्योग मन्त्री सोम प्रसाद पाण्डेले भने । ग्यास तथा पेट्रोलियमका खानीहरुको अन्वेषण तथा उत्खनन्का लागि जि टु जी अर्थात सरकार–सरकारबिच सम्झौता गर्ने सम्बन्धी प्रस्ताव यस अघि नै मन्त्री परिषदमा पेश भैसकेको छ । अर्थ मन्त्रालयसँग अख्तियारी लिने प्रक्रिया समेत अघि बढिसकेको पनि उनले बताए ।

सो प्रस्तावमाथी मन्त्री परिषदमा आवश्यक छलफल गरेर लगानी बोर्ड मार्फत चीन, जापान वा कोरिया सरकारसँग सम्झौता हुने मन्त्री पाण्डेले बताए । मन्त्रालयले तीन नम्बर ब्लकका रुपमा रहेको नेपालगञ्जको खानी र १० नम्बर ब्लकका रुपमा रहेको बिराटनगर खानीको पहिलो चरणमा अन्वेषण गरिने उनले जानकारी दिए । सोही अवधीमा दैलेखको प्रोपेन ग्यासको अन्वेषण र उत्खनन हुनेछ ।

जाईकासँग भने मन्त्रालयले एक पटक छलफल समेत गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.