सरकारले तयार पार्यो स्वेतपत्र कार्यान्वयन कार्ययोजना

  २०७२ पुष ५ गते १४:०१     विकासन्युज

काठमाडौं, ५ पुस । सरकारले स्वेतपत्र कार्यान्वयन कार्ययोजना तयार पारेको छ । भारतको अघोषित नाकाबन्दी र तराइ मधेशमा जारी आन्दोलनले नेपाली अर्थतन्त्र र जनजिबीकामा पर्ने असर कम गर्नको लागि सो कार्ययोजना तयार पारिएको हो ।

कार्ययोजनामा संचालन गरिने क्रियाकलाप, त्यसको समयसीमा, कार्यान्वयन गर्ने निकाय र सहयोगी निकाय किटान गरिएको छ ।

आन्दोलन र अघोषित नाकाबन्दीले राजस्व संकलनमा प्रतिकूल प्रभाव पर्ने भएपछि सरकारले राजस्व संकलनको बैकल्पिक कार्ययोजना बनाउने भएको छ । यस्तै आगामी माघ महिना भित्रमा चालु आर्थिक बर्षका कार्यक्रम र आयोजनाको पुनरप्राथामिकीकरण पनि गर्ने भएको छ । यसको लागि अर्थमन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यस्तै विदेशस्थित नेपाली नियोगहरुलाई अन्तराष्ट्रियस्तरमा हालको समस्याको यथार्थ चित्रण प्रश्तुत गरी बैदेशिक सहायता र लगानी भित्र्याउन, पर्यटक प्रवद्र्धन गर्न, ब्यापार विविधिकरण र विस्तार गर्न तथा आर्थिक कुटनीतिलाई प्रभावकारी बनाउनको लागि गैरआवाशिय नेपाली संगठनहरुलाई समेत परिचालन गरिने भएको छ । यस्तो कार्यको लागि आगामी पुस मसान्तभित्रमा आर्थिक कुटनीति सम्बन्धि नीतिगत मार्गदर्शन तयार पार्ने कार्ययोजनामा उल्लेख गरिएको छ ।

यस्तै सरकारले भूकम्प पछिको पुननिर्माण, वितरण प्रणालीको सुदृढिकरण र समग्र आर्थिक सामाजिक कार्यहरुमा स्वयम सेवाका लागि देश भरका युवाहरुलाई प्रेरित गर्ने कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने भएको छ । यसको लागि हरेक निर्वाचन क्षेत्रमा स्काउट तथा मास्टर प्रशिक्षक तयार गरी उनीहरु मार्फत स्काउट स्वयम सेबक तयार गरी परिचालन गर्नुका साथै अन्य सामाजिक संस्थाहरु पनि परिचालन गरिने भएको छ । युवा परिचालन कार्यविधि यही पुस मसान्त भित्रमा तयार पार्ने र राष्ट्रिय स्वयम सेवक सेवा विस्तार गर्ने योजना सरकारको छ ।

यस्तै काठमाडौ उपत्यकामा खाना पकाउने ग्यासको हाहाकार भएको भन्दै सरकारले नेपाल भित्रिएका ग्यासका बुलेटमध्ये कम्तिमा ६० प्रतिशत ग्यास काठमाडौं ल्याएर विक्री वितरण गर्ने कार्ययोजना पनि बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.