२४ ट्यांकर चिनियाँ पेट्रोल राजधानीमा, ४१ वटा आज आईपुग्ने

  २०७२ कार्तिक १९ गते १०:२२     विकासन्युज

काठमाडौं, १९ कात्तिक । चीन सरकारले अनुदानमा दिएको १० लाख लिटर पेट्रोलमध्ये हालसम्म २ लाख १६ हजार लिटर पेट्रोल राजधानी भित्रिसकेको छ । कठिन सडकका कारण १२ हजार लिटर क्षमताका ट्यांकर भएपनि प्रति ट्यांकर ९ हजार पेट्रोल मात्रै ढुवानी गरिएको छ ।

हालसम्म जम्मा २४ ट्यांकर पेट्रोल थानकोट डिपोमा भित्रिसकेको नेपाल आयल निगमका प्रवक्ता दिपक बरालले जानकारी दिए ।
थप चार वटा ट्यांकर काठमाडौंका लागि रसुवाबाट हिडेका छन् भने  ३७ ट्यांकर पेट्रोल रसुवागढी नाकाबाट नेपाल प्रवेश गरेका छन् ।

१० लाख लिटर पेट्रोल ल्याउन कुल १११ ट्यांकरले ढुवानी गर्नु पर्छ । निगमका प्रवक्ता बरालले एक सातादेखि १० दिन भित्र चीनले अनुदानमा दिएको पेट्रोल नेपाल ल्याई सक्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.