मन्त्री छान्न एमालेमा किचलो, अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा

  २०७२ असोज २६ गते ११:०७     विकासन्युज

काठमाडौं, २६ असोज । पार्टी अध्यक्ष केपी ओलीको नेतृत्वमा गठन भएको सरकारमा पठाउने मन्त्रीहरुका बिषयलाई लिएर नेकपा(एमाले)मा किचलो सुरु भएको छ । पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीले एकलौटीरुपमा मन्त्री पठाउन थालेपछि माधव नेपाल तथा झलनाथ खनालहरु झस्किएको श्रोतले बतायो ।

Bikashnews.com

विश्वस्त श्रोतका अनुसार सोमबार सथप ग्रहण गराईएका मन्त्रीहरुका बिषयमा समेत पार्टी नेतृत्व तहमा कुनै छलफल भएको थिएन् ।
प्रधानमन्त्री ओलीले आफुलाई काम गर्न सहज हुनु पर्यो भन्दै भटाभट मन्त्री नियुक्त गरेपछि नेपाल र खनालहरुले पार्टीमा छलफल गर्नुपर्ने माग राखेका छन् ।

मंगलबार साँझसम्म स्थायी समिति बैठक वा शिर्ष नेताहरुकाबिचमा छलफल गरेर थप मन्त्रीहरुको टुंगो लगााउने तयारी भैरहेको छ ।

अर्थमा पौडेल र पाण्डेको प्रतिष्ठा
अर्थ मन्त्रालयका लागि उप महासचिव बिष्णु पौडेल र स्थायी समिति सदस्य तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेबिच प्रतिष्ठाको लडाईँ सुरु भएको छ । केपी ओली क्याम्पका नेताहरुले पाण्डेलाई कुनै हालतमा अर्थ मन्त्रालय दिन नहुने भन्दै ओलीलाई दबाव दिएका छन् ।

यता नेपाल समुह भने सफल अर्थमन्त्रीमा दरिएका पाण्डेलाई पठाएर पुननिर्माणको कामलाई अघि बढाउनु पर्ने निष्कर्षमा पुगेको छ । यतिबेला अर्थ मन्त्रालयमा को पठाउने भन्ने सन्दर्भ पौडेल र पाण्डेका लागि मात्रै होइन ओली र नेपालका लागि समेत प्रतिष्ठाको बिषय बनिसकेको छ ।

आफुलाई काम गर्न सहज हुने पात्रका रुपमा ओलीले पौडेललाई च्यापेका छन भने नेपालले शक्ति सन्तुलन, सम्बन्धित क्षेत्रको ज्ञान भएका र अनुभवी समेत रहेका पाण्डेलाई अर्थ मन्त्री बनाउनै पर्ने अडान तेर्स्याएका छन् ।

प्रधानमन्त्री ओली समुहले पाण्डेलाई कुनै हालतमा अर्थमन्त्री बन्नबाट रोक्ने अभियान छेडेको छ भने नेपाल समुहले पनि पौडेललाई बनाउनै नहुने अडान कसेको छ । यस्तो अवस्थामा उपाध्यक्ष भिम रावलले अर्थमन्त्रालय हात पार्ने सम्भावनालाई समेत नकार्न नसकिने श्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.