नियम विपरित भवन बनाउन संलग्न सबैलाई कारवाही गरिने, नयाँ भवन नक्सा पास बन्द

  २०७२ जेठ ४ गते १६:४८     विकासन्युज

४ जेठ । मापदण्ड विपरित नक्सा पास गर्ने, भवन निर्माणको अनुमति दिने, तथा यस कार्यमा संलग्न कर्मचारीलाई सरकारले अविलम्ब कारवाही गर्ने जनाएको छ । बैशाख १२ गते भूकम्प जाँदा घरहरु भत्कि ८ हजार ६ सयभन्दा बढीको ज्यान गएपछि सरकारले मापदण्ड विपरित काम गर्ने सबैलाई कारवाही गर्ने जनाएको छ ।

विकासन्युज/काठमाडौं ।

विकासन्युज/काठमाडौं ।

उपप्रधान तथा स्थानीय विकासमन्त्री प्रकाश मान सिंहले मन्त्रालय स्थारीको निर्णय गरी नगरपालिका भित्र नक्सापास नभई बनेको ठूला संरचना निर्माणकर्ता र नक्सापास भएका तर भत्किएका संरचनाको नक्सा तयार गर्ने र पास गर्ने प्राविधिक एवं कर्मचारी लगायत निजी क्षेत्रका डिजाईनहरुको लगत राखी सो को विवरण सार्वजनिकीकरण गर्न स्थानीय निकायलाई निर्देशन दिएका छन् ।

‘नियम विपरीत डिजाइन तथा निर्माणमा संलग्न निजी क्षेत्रका इन्जिनियरहरुको नाम नामेसी सहितको विवरण तयार पारी जनकारी एवं कारवाहीको लागि निमित्त नेपाल इन्जिनियरिङ काउन्सिलमा लेखी पठाउनु’ मन्त्रलायले जारी गरेको पत्रमा उल्लेख गरिएको छ ।
त्यस्तै, सरकारले आगामी अषाढ मसान्तसम्म कुनै पनि नयाँ भवन निर्माणको लागि नक्सका पास निवेदन दर्ता नगर्न स्थानीय निकायलाई परिपत्र जारी गरेको छ । भवन निर्माणका लागि यसअघि आवेदन गरेका लागि पनि स्वीकृति नदिने भएको छ ।

नक्सा पास भईसकेका र निर्माण कार्य शुरु भई सकेका भवनको हकमा असार मसान्तसम्ममा भूईतलासहित बढीमा २ तला मात्र निर्माण गर्न सरकारले निर्देशन दिएको छ ।

निर्माण भईसकेका र जोखिम युक्त प्रर्खाल तत्काल हटाउन सरकारले जिल्ला विकास समिति, नगरपालिकाहरुलाई निर्देशन दिएको छ । संयुक्त आवास तथा जग्गा विकास सम्वन्धि सबै कार्यक्रम हाललाई स्थागित गरिएको छ ।

त्यस्तै, मन्त्रालयले आगामी आर्थिक वर्षदेखि गाविसहरुमा पनि घर बनाउने नक्सापास गर्नुपर्ने नियम लागू गर्ने भएको छ । गाविसतहमा नक्सापास गरी घर निर्माण गर्ने नीति कार्यन्वयन गर्न हरेक गाविसमा आगामी आर्थिक वर्षदेखि प्राविधिक जनशक्ति परिचालन गर्न लागिएको मन्त्रालयले स्थानीय निकायलाई जारी गरेको परिपत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.