गभर्नर आज नियुक्त हुँदै, डा नेपाल, काफ्ले र अधिकारीको नाम सिफारिस

  २०७१ चैत ५ गते १०:३६     विकासन्युज

५ चैत । आज सरकारले नयाँ गभर्नर नियुक्त गर्दैछ । आज तीन बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठकमा म्ख्य प्रस्ताव नयाँ गभर्नर नियुक्ती बारेमा भएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो ।
गभर्नर सिफारिस समितिले ब्धबार साँझ तीन जनाको नाम सिफारिस गरेको छ । समितिका सदस्या प्रा.डा पार्थिवेश्वर तिमल्सिनाका अनुसार डा. चिरञ्जीवि नेपाल, राष्ट्र बैंकका डेपुटी गभर्नरद्धय गोपाल काफ्ले र महाप्रसाद अधिकारीको नाम सिफारिस गर्ने निर्णय भएको छ । governer-candidate
अर्थमन्त्री डा.रामशरण महतको संयोजक, प्रथम गभर्नर हिमालय शमशेर राणा र प्रा. डा पार्थिवेश्वर तिमल्सिना सदस्य रहेको गभर्नर सिफारिस समितिमा नेपाल, काफ्ले र अधिकारीको नाम सिफारिस गर्ने सहमति भएको छ ।
सरकारको तर्फबाट नेपालको नाम सिफारिस भएकोले डा. नेपाल १६ औं गभर्नर बन्ने सम्भावना बढी रहेको छ । स्रोतका अनुसार मंगलबार बसेको समितिको दोस्रो बैठकमा सदस्यद्धय राणा र तिमल्सिनाले क्रमशः काफ्ले र अधिकारीको नाम प्रस्ताव गरेका थिए भने प्रधानमन्त्रीको सल्लाहमा अर्थमन्त्रीले डा नेपालको नाम एक नम्वरमा राखेका छन् ।
तर पार्टी नेता शेरबहादुर देउवाले काफ्लेलाई गर्भनर बनाउन दवाव दिएका छन् र सत्ता साझेदार नेकमा एमालेले डा नेपालको नाम सिफारिस भएको तीब्र असहमति जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.