बीमा कम्पनीले १९ हजार भन्दा बढीको दाबी तिर्न बाँकी (सुचीसहित)

  २०७१ पुष २ गते १०:०२     विकासन्युज

२ पुस । बीमा कम्पनीहरुले १९ हजारभन्दा बढी बीमा दाबी भुक्तानी गर्न बाँकी रहेको छ । चालु आर्थिक बर्षको असोज महिनासम्ममा सो परिमाणको दाबी भुक्तानी बाँकी रहेको हो ।
बीमा समितिका अनुसार गत असोज मसान्तसम्ममा जीबन बीमा कम्पनीहरुको २ हजार २ सय ८४ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । जीबन बीमा कम्पनीले सो संख्याको दाबीवाट १८ करोड ८२ लाख रुपैयाँ तिर्न बाँकी छ । जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा संस्थानको तथ्यांक प्राप्त नभएको समितिको भनाइ छ ।
निर्जीबन बीमा कम्पनीहरुले १६ हजार ९ सय ४८ वटा दाबीको भुक्तानी गर्न बाँकी रहेको छ । निर्जीबन बीमा कम्पनीहरुले भुक्तानी गर्न बाँकी दाबी रकम उल्लेख गरिएको छैन । निर्जीबन बीमा ब्यवसाय गर्ने राष्ट्रिय बीमा कम्पनी र एनबी इन्स्योरेन्सको तथ्यांक प्राप्त भएको समितिले जानकारी दिएको छ ।
बीमा गरिएकोमा दाबी लाग्ने क्षति भएपछि बीमाकर्ताले दाबी गरेको १५ दिन भित्रमा सर्भेयरले प्राथमिक प्रतिवेदन बुझाउनु पर्ने कानुनी ब्यवस्था छ । यसरी सर्भेयरले प्रतिवेदन बुझाएको १५ दिन भित्रमा दाबी भुक्तानी गरिसक्नु पर्ने भएपनि दाबी भुक्तानीमा ढिलाई गर्ने गरेको बीमाकर्ताको दाबी छ ।
कुन कम्पनीले कति दाबी भुक्तानी गर्न बाँकी छ ?
निर्जीबन बीमा कम्पनी तर्फ
तिर्न बाँकी दाबी संख्या १६९४८
मुद्दा परेको दाबी संख्या ४४

नेपाल इन्स्योरेन्स कम्पनी
तिर्न बाँकी दाबी संख्या १६६९
मुद्दा परेको दाबी संख्या १०

दि ओरेन्टल इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ८१५
मुद्दा परेको दाबी संख्या ९

नेशनल इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या १०४३

हिमालयन जनरल
तिर्न बाँकी दाबी संख्या १८८४

युनाइटेड इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ९१०
मुद्दा परेको दाबी संख्या ९

प्रिमियर इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ८४८

नेको इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ७३९
मुद्दा परेको दाबी संख्या ३

सगरमाथा इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या २१५५
मुद्दा परेको दाबी संख्या ७

एलाइन्स इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ४७९

प्रुडेन्सियल इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या १०५९

शिखर इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या १८२२

लुम्बिनी जनरल इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या १६६३

एनएलजी इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ९८८
मुद्दा परेको दाबी संख्या ६

सिद्धार्थ इन्स्योरेन्स
तिर्न बाँकी दाबी संख्या ८७४

जीबन बीमा तर्फ
कूल तिर्न बाँकी दाबी संख्या २२८४

नेसनल लाइफ
तिर्न बाँकी दाबी संख्या १६३२

नेपाल लाइफ
तिर्न बाँकी दाबी संख्या ६०

मेट लाइफ (एलिको)
तिर्न बाँकी दाबी संख्या ४३७

एशियन लाइफ
तिर्न बाँकी दाबी संख्या ४६

सूर्या लाइफ
तिर्न बाँकी दाबी संख्या १०

गुराँस लाइफ
तिर्न बाँकी दाबी संख्या ६५

प्राइम लाइफ
तिर्न बाँकी दाबी संख्या ३४

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.