विश्वका ५ उत्कृष्ठ गन्तब्यहरु

  २०७१ मंसिर ११ गते १९:०७     विकासन्युज

इस्तानबुल, टर्की

ट्रिप एडभाईजरले गरेको सर्वेक्षणमा ‘ट्राभलर्स च्वाईस’ अन्तर्गत विश्वकै उत्कृष्ठ गन्तव्यहरुका रुपमा टर्किको स्तानबुल शहर पहिलो रोजाईमा परेको छ ।
युरोप र एसियाको संगमस्थल हो टर्कि जहाँ हृदय छुने ऐतिहासिक कला कौशलसहित आधुनिक रेष्टुरेन्ट र रात्री जीवनको आनन्द लिन सकिन्छ । ऐतिहासिक मस्जिद, बजार, सुल्तान अहमेत कमाईको निलो मस्जिद, गलाटा ब्रिज, मिनियाटुर्क पार्क स्तानबुलका आकर्षक गन्तब्यहरु हुन् ।
इस्तानबुलको दश उत्कृष्ठ हेर्ने पर्ने ठाउँहरुमा क्रमशः ऐतिहासिक क्षेत्र, सुलमनिया मस्जिद, सुल्तान अहमेटको जिल्ला, रुस्टेम पासा मस्जिद, राहमी एम.कोक म्युजियम, हागिया सोफिया म्युजियम÷चर्च आयोसोफ्या, केरिया म्युजियम/चोरा चर्च, बासिलिका सिस्टर्न, साकिप साबाइन्की म्युजिमय र बोस्फोरस स्ट्रेट हुन् । यीनै मनोरम दृश्यहरुकै कारण इस्तानबुल विश्वकै एक नम्बरको उत्कृष्ठ गन्तब्यमा दर्ज भएको हो ।

रोम, इटाली rome_Itali_2
ट्रिप एडभाईजरले गरेको सर्वेक्षण अनुसार विश्वकै दोश्रो आकर्षक गन्तब्यका रुपमा इटालीको ऐतिहासिक नगरी रोम दोश्रो नम्बरमा परेको छ । रोमन सभ्यतासँगको ऐतिहासिक पक्ष र आधुनिकता मिसिएको जीवन शैलीका कारण रोम उत्कृष्ठ ठहरिएको हो ।
यहाँको जायन्ट आउटडोर म्युजियम, खुल्ला बजार, ऐतिहासिक साईटस्, ट्रेभी फाउण्टेनको टसक्वाईन जस्ता मनै छुने दृश्य र गतिविधिले जो कोहीलाई लोभ्याउँछ ।
रोमका दश उत्कृष्ठ स्थलहरुमा क्रमशः अब्बाजिया डि सान पाउलो फुओरी ली मुरा, एर्सिबासिलिया डि सान जिओभानी इन लेटरानो, लि डोमुस रोमान डि पालाजो भ्यालेन्टिनी, चर्च अफ सान्टल्गनाजियो डि रोयोला, चर्च अफ सान लुइजी फोरम, कोलोजम, प्यालेटाईन हिल, रोमन फोरम, बासिलिका डि सान क्लिमेन्ट अल लेटरानो, बासिलिका डि सान्टा प्रसेड, इस्टाजी आफ सेन्ट टेरेसा, बासिलिका डि शान्टा मारिया म्यागिओर हुन् ।

लण्डन, बेलायतlondon_UK_3
कुनै समयको कहिल्यै घाम नअस्ताउने बेलायत आज पनि शान, शक्ति र सौन्दर्यतामा अब्बल नै छ । बेलायतको लण्डन शहरमा बर्षेनी दशौं लाख मानिसले भ्रमण गर्छन् । लण्डनका द क्राउन ज्वेल्र्स, बकिङघम प्यालेस, कामडने मार्केट सहित ब्रिटिस कला र संस्कृतिले लण्डनलाई लोभ्याउँदो बनाएको छ ।
लण्डनलाई उत्कृष्ठ १० गन्तब्यका रुपमा स्थापित गराउने स्थलहरुमा ब्रिक लेन म्युजिक हल, वालेस कलेक्सन, बम्बर कमाण्ड मेमोरियल, रोयल ओपेरा हाउस, नेशनल ग्यालरी, द कोर्टाउल्ड ग्यालरी, हाउस अफ पार्लियामेण्ट, चर्चिल वार रुम, घोस्टसाईन र सेन्ट जेम्स पार्क पर्दछन् ।

बेईजिङ, चीनbeijing_china

समाजवादी व्यवस्था भएको चिनमा दुई सय वर्ष पुरानो कुब्ला खाँले तयार पारेको कला कौशलदेखि आधुनिक चीनका निर्माता माओत्सेतुङका निर्माणहरु देख्न सकिन्छ । इतिहासको सम्पत्तिका रुपमा हल अफ प्रिजर्भिङ हार्माेनी, समर प्यालेस, फरबिडन सिटी हेर्न पाईन्छ । त्यस्तै, आधुनिक चीनका अभियन्ता माओत्सेतुङको सम्झानामा माओ मेमोरियल हल, तियामेन स्क्वायर, डर्ट मार्केट र सिल्क मार्केट पनि उत्कृष्ठ नमूना हुन् ।
छुटाउनै नहुने १० गन्तब्यहरुमा क्रमशः ग्रेट वाल एट द म्युटिन्यु, ग्रेट वाल एट द हुयङहुचेङ, द ग्रेट वाल अफ जियन्कोउ–द ग्रेट वाल अल्टरनेटिभ, समर प्यालेस, जिङसान पार्क, गोल्डेन मास्क डाईनास्टी शो, हल अफ ग्रेट हार्माेनी, टेम्फ अफ हेभन, चाओयाङ थियटर शो र जुयोङ पास अफ ग्रेट वाल हुन् ।

प्राग्यु, चेक रिपब्लिक prague_5 check republic
समुद्रको किनारलाई समेटेर रचिएका पौराणिक कथाहरुकै कारण पनि चेकरिपब्लीकको प्राग्यु शहर प्रसिद्ध छ । त्यसमा पनि आधुनिकता मिसिएको जिवन शैलीमा ऐतिहासिकताको रंग थपेर समुद्री किनाराको बसाईले जो कोहीलाई स्वर्गको अनुभुति दिलाउँछ । त्यसैले पनि यो शहर उत्कृष्ठ गन्तब्यहरुको पाँचौ नम्बरमा अटाउन सफल भएको हो ।

यहाँको भ्रमण गर्नेहरुले छुटाउने नहुने १० स्थानहरुमा वल्र्ड टाउन अर्थात स्टेर मेस्टो, द स्ल्याभ इपिक,
प्राग्यु जु, वल्र्ड टाउन स्क्वायर, सेन्ट भिटस क्याथेड्रल, लेजर क्वाटर, सेन्ट साईरिल एण्ड सेन्ट मेथोडियुस क्यउाथेड्रल, भिसेराड नेशनल कल्चरल मोन्युमेन्ट, चाल्र्स ब्रिज र क्यास्टल डिस्ट्रक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.