प्रभु लाइफ इन्स्योरेन्सले प्यूठानका अस्पताललाई वितरण गर्यो ५० थान पीपीई
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले प्यूठान जिल्लास्थित अस्पतालहरुमा वितरण गर्नका लागि ५० थान(पीपीई) उपलब्ध गराएको छ । इन्स्योरेन्सले नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्याउने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । कम्पनीले चैत २८ गते उक्त स्वास्थ्य सम्बन्धी सामाग्रीहरु प्यूठान जिल्ला, प्यूठान नगरपालिका प्रमुख अर्जुन कुमार कक्षपति मार्फत् उपलब्ध गराएको थियो । उक्त अवसरमा प्यूठान नगरपालिका प्रमुखले प्रभु लाइफ इन्स्योरेन्सप्रति हार्दिक धन्यवाद तथा आभार प्रकट गरेका थिए ।
नेशनल लाईफ इन्स्योरेन्सले कोरोना कोषमा दियो ५१ लाख रुपैयाँ
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ प्रदान गरेको छ । शुक्रबार कम्पनीको संचालक समितिका अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उपरोक्त रकम बराबरको चेक प्रदान गरेका हुन् । उक्त अवसरमा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको संचालक समितिको सदस्य भवानी राणा, कम्पनीको प्रमुख कार्यकारी अधिकृत भरत वस्नेत र नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको पनि उपस्थिति थियो । कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी सहयोग प्रदान गर्दै आएको छ र यसवाट कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा मद्दत पुग्ने कम्पनीको विश्वास छ ।
नेपाल लाइफले सार्वजनिक गर्याे डिजिटल क्यालेन्डर, गोजी पात्रोभन्दा धेरै सजिलाे हुने
काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं. २०७७ सालको वार्षिक क्यालेन्डरको डिजिटल भर्सन सार्वजनिक गरेको छ । नेपाल सरकारको राजपत्रमा उल्लेख भएका विदा, पर्व, दिवस, पञ्चांग तिथि, तारिख सहितको डिजिटल क्यालेन्डर सार्वजनिक गरेको हो । डिजिटल क्यालेन्डरलाई कुनैपनि कम्प्युटर तथा मोवाइलबाट यस लिंकमा https://drive.google.com/file/d/1m8U4ELwGlW5SrU_FaCFedeM0rxIPFmLc/view?usp=sharing गई सजिलै प्रयोग गर्न सकिने छ । यस प्राविधिक सेवाले सेवाग्राहीहरुलाई गोजी पात्रो भन्दा सरल र सजिलो हुने कम्पनीले विश्वास व्यक्त गरेको छ । एन्ड्रोइड भर्सनका मोवाइलका लागि लिंकः https://drive.google.com/file/d/1CHMANvSiC-H2U53FuFMsmQjbdmAmS12-/view यस डिजिटल क्यालेन्डरलाई छिट्टै प्ले स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सकिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । कम्प्युटर तथा मोवाइलका लागि लिंकः [pdf id=206670]