बीमा प्राधिकरणका निर्देशकहरूको जिम्मेवारी हेरफेर

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशक तहका अधिकारीहरूको जिम्मेवारी हेरफेर गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीको सिफारिसमा अध्यक्ष चन्द्रकला पौडेलले नयाँ जिम्मेवारी तोक्दै जिम्मेवारीमा हेरफेर गरिएको हो ।

नयाँ जिम्मेवारी अनुसार निर्देशक शम्भराज लामिछानेलाई कानून महाशाखाको जिम्मेवारी तोकिएको छ । निर्देशक कमल प्रसाद रेग्मीलाई नियमन महाशाखाको जिम्मा दिइएको छ । त्यस्तै, निर्देशक पुजन ढुङ्गेल अधिकारीलाई व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, निर्देशक ध्रुव तिमल्सिनालाई अनुसन्धान महाशाखा, निर्देशक कुन्दन सापकोटालाई सुपरिवेक्षण महाशाखा र निर्मल अधिकारीलाई बीमालेख महाशाखाको जिम्मेवारी ताेकिएकाे छ । 

Share News