६०० अर्बको जोहो गर्न अमेरिकामा पुननिर्माण ब्रिफिङ

  २०७५ असोज ९ गते २०:३७     विकासन्युज

सुशिल ज्ञवाली, प्रमुख कार्यकारी अधिकृत- पुननिर्माण प्राधिकरण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजनाु विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी प्रस्तुति गर्ने भएका छन् ।

पुननिर्माणका क्रममा अपुग भएको ६०० अर्ब रुपैंयाँको जोहो गर्न ज्ञवालीको प्रस्तुतिले महत्वपूण भूमिका खेल्नेछ । उनले आफ्नो प्रस्तुति पनि सोही दिशामा केन्द्रित भएको बताएका छन् । २०७२ सालको भूकम्पपछिको पुननिर्माणका लागि ९३८ अर्ब रुपैंयाँ लाग्ने प्रक्षेपण गरिएको थियो । सोमध्ये राहत र पुनस्थापनामा खचिएको ६७ अर्ब सहित कुल ३३८ अर्ब खर्च भैसकेको छ । दाता सम्मेलनमा दाताहरुले ४१० अर्ब सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । सो मध्ये ३२९ अर्ब रुपैंयाँ प्राप्त भैसकेको छ भने ८१ अर्ब रुपैंयाँ सम्झौताको चरणमा रहेको छ ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प पश्चात नेपालको पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी अनुभव र भावी कार्ययोजना प्रस्तुत गर्ने कार्यक्रम छ । आगामी शुक्रबार आयोजना हुने कार्यक्रममा भाग लिने क्रममा ज्ञवाली आज राती अमेरिकातर्फ प्रस्थान गरेका छन् ।
कार्यक्रममा हुने प्रस्तुतिले नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय समुदायबाट आर्थिक लगायत अरु सहयोग जुटाउन मद्दत पुग्ने विश्वास लिएको छुु, प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भने ।

कार्यक्रममा नेपालको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धमा नेपालको हालसम्मको प्रगति अवस्था र पुनर्निर्माणका लागि आवश्यक पर्ने वित्तीय आवश्यकता सम्बन्धमा समेत छलफल हुनेछ ।

संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन र विश्व बैंकले संयुक्त रुपमा आयोजना गर्ने उक्त कार्यक्रममा डोमिनिकन रिपब्लिक, नाइजेरियाका लगायतका मुलुकका साथै संयुक्त राष्ट्रसंघ, युरोपियन यूनियन एवं विश्व बैंक जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुको प्रस्तुति रहने कार्यक्रम छ ।
अमेरिका रहेका बेला प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विश्व बैंक र संयुक्त राष्ट्रसंघका उच्च अधिकारीहरुसँग छुट्टा(छुट्टै भेट गर्ने कार्यक्रम पनि छ । ज्ञवाली आगामी आइतबार स्वदेश फर्किनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.