अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेर व्यारेलको ८१ डलर पुग्यो, मूल्य चार वर्षकै उच्च

  २०७५ असोज ८ गते १८:०२     विकासन्युज

लन्डन । बे्रन्ट कच्चा तेलको मूल्य बढेर सोमबार चार वर्षयताकै उच्च मूल्यमा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा प्रतिव्यारेल ८१ अमेरिकी डलरको हाराहारीमा पुगेको छ । यो सन् २०१४ को नोभेम्बर यताकै उच्च हो ।

संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कच्चा तेलको मूल्यमा कमी ल्याउन दबाब दिएपनि ओपेक र अन्य तेल उत्पादक राष्ट्रहरुले अमेरिकी राष्ट्रपतिको आग्रहलाई बेवास्ता गरेका कारण तेलको मूल्यमा पछिल्ला दिनहरुमा वृद्धि भइरहेको छ । नोभेम्बरका लागि ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल ८०.९४ डलर पुगेको छ । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.