सिन्डिकेट जोगाउन यातायात व्यवसायीको नयाँ मोडेल, कम्पनी पुनः समितिमा दर्ता हुनुपर्ने व्यवस्था गर्दै

  २०७५ असोज ८ गते १८:२२     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले यातायात सिण्डिकेट हटाएको दाबी गरिरहेका बेला व्यवसायीले घुमाउरो बाटोबाट यसलाई व्युँत्याउन लागेका छन् । व्यवसायीले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका सबै यातायात संस्था समितिमा पनि दर्ता गर्न लगाएर सिण्डिकेट व्युँत्याउने प्रयासमा छन् । यता सरकारले समितिको नविकरण खारेज गरेको बताएको छ । तर व्यवसायी भने कम्पनीमा दर्ता भएका सबै संस्थालाई समितिमा दर्ता गराएर सिण्डिकेटलाई व्युँत्याउने दाउमा छन् ।

सिण्डिकेट व्युँत्याउन भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ नै लागेको स्रोतले बताएको छ । व्यवसायीहरु नयाँ प्रकृतिको सिन्डिकेट विकासमा लागेका छन् । नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले कम्पनीमा दर्ता भएका संस्था समितिमा पनि जान लागेको बताए ।

अध्यक्ष श्रेष्ठका अनुसार सबै व्यवसायीहरु कम्पनी मोडेलमा जाने छन् । रजिष्ट्रारमा दर्ता भएको कम्पनी पुन समितिमा आएर दर्ता हुनुपर्नेछ । सबै कम्पनी समितिमा दर्ता भएपछि सरकारले रोक्का गरेको बैंक खाता खुलाउने योजना व्यवसायीको छ ।  हाल नेपालमा २४५ यातायात व्यवसायी र २५ व्यवसायी रहेका छन् । ती समितिहरूकाे बैंकमा रहेको करिब साढे २ अर्ब रुपैयाँ सरकारले रोक्का गरेको छ ।रजिष्ट्रारमा ८०० भन्दा बढी यातायात कम्पनी दर्ता भएका छन् ।

अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले यातायात व्यवसायीहरुको बैंक खाता खोल्ने वचन दिएको बताएका छन् । प्रधानमन्त्री ओलीले व्यवसायीको बैंक खाता खोल्ने प्रतिवद्धता जनाएको श्रेष्ठले जानकारी दिए। नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आफुहरु कम्पनी मोडेलमा जान सहमति भएपछि सरकार बैंक खाता खोल्न तयार भएको श्रेष्ठले बताएका हुन् ।

बैंक खाता खोल्न भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयले संयुक्त रुपमा अर्थ मन्त्रालयलाई पत्र काटिसकेको सूचना भौतिक पुर्वाधार मन्त्रालयले आफुलाई दिएको श्रेष्ठले बताए । उनका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको संस्था पुन संघ तथा महासंघमा दर्ता हुने भएका छन् ।

ट्रक व्यवसायी महासंघले गत भदौ ५ गते प्रधानमन्त्री कार्यालयमा माग पत्र पेश गरेका थिए । ६ बुँदे माग पत्रमा व्यवसायीहरुले आफुहरु राज्यले तोकेको कर तिर्न र कम्पनी मोडेलमा जान तयार रहेको उल्लेख गरेका छन् । माग पत्रको बुँदा नम्बर ६ मा समितीको नविकरणलाई निरन्तरता दिन आग्रह गरेका छन् ।

ट्रक व्यवसायीको माग पत्रलाई भौतिक मन्त्रालयले प्रधानमन्त्रीको सचिवालय पठाएको छ । आफ्नो मागप्रति सरकार सकारात्मक रहेको कार्तिक सम्ममा बैंक खाता खुल्ने विश्वास उनले व्यक्त गरे ।

यस्तो ट्रक व्यावसायीको माग पत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.