रिलायन्स लाइफ इन्स्योरेन्सको थप ५ शाखा सञ्चालनमा

  २०७५ साउन ३१ गते १७:२९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले थप ५ शाखाहरु विस्तार गरी सञ्चालनमा ल्याएको छ । कम्पनीले काठमाडौंको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोकको बनेपामा नयाँ शाखा विस्तार गरी कारोबार शुरु गरेको छ ।

सो शाखाहरुको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा का.म.न.पा वडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा वडां न ७ का वडाध्यक्ष शुद्धकुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.