विद्युत प्राधिकरण र आरती पावरबीच पीपीए सम्झौता, १४.५ मेगावाटको माथिल्लो ईखवाबाट ४ वर्षमा बिजुली बल्ने

  २०७५ साउन १ गते १८:४२     विकासन्युज

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र आरती पावर कम्पनी लिमिटेडबीच विद्युत खरिदबिक्री सम्झौता (पीपीए) भएको छ । प्राधिकरण र कम्पनीबीच मंगलबार पीपीए सम्झौता भएको छ । सम्झौतापत्रमा प्राधिकरणका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रवन्धक सञ्चालक प्रकाश दुलालले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले १४.५ मेगावाट क्षमताको माथिल्लो इर्खवाखोला आयोजना निर्माण गर्न लागेको छ । आयोजनाबाट आगामी २०७९ मंसिर देखि बिजुली उत्पादन गर्ने कम्पनीका प्रवन्ध सञ्चालक दुलालले बताए । आयोजना बनाउन २ अर्ब ६० करोड रुपैयाँ लाग्ने उनले जानकारी दिए ।

जसअनुसार बैंकको ऋण लगानी १ अर्ब ८२ करोड र संस्थापकको ७८ करोड रुपैयाँ हुने छ । ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । यसमध्ये ५६ करोड रुपैयाँ संस्थापकको स्वामित्व हुने छ । आयोजना भोजपुरको षडानन्द र साल्पासुली गाउँपालिकामा रहेको छ । आयोजनाको काम आगामी ०७६ मंसिरदेखि थाल्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.