‘बाल सारथी’ लाई कुमारी बैंकको एक लाख रुपैयाँ सहयोग

  २०७५ असार २९ गते १७:४२     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले पशुपति गुह्येश्वरी परिसरमा अवस्थित “बाल सारथी” नाकम सामाजिक कल्याण उन्मुख गैर-सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त संस्थालाई एक लाख रुपैयाँ सहयोग गरेको हो ।

शुक्रबार बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजिब गिरिले सोही संस्थाका संस्थापकलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् । संस्थाको प्रशंसनीय कार्यहरुलाई प्रोत्साहन दिएर, समाजलाई समावेशी विकासतर्फ धकेल्ने उद्देश्यका साथै बैंकले सहयोग गरेको हो ।

त्यसैगरी, संस्थाले गरिब, विपन्न, सडक बालबालिका र तिनीहरुका परिवारलाई लक्षित गरेर अनौपचारिक स्वास्थ्य एवम् शैक्षिक कार्यक्रमहरु पनि आयोजना गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.