२०७५ असार २४ गते १९:११ विकासन्युज
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले विश्व श्रम संगठन(आईएलओ)मा एक महिना अघि गरेको भाषण यतिबेला चर्चाको बिषय बनेको छ । मन्त्री बिष्टले जुन ४ तारिखका दिन जेनेभामा गरेको भाषण आखिर एक महिनापछि कसरी भाइरल बन्यो ? उतिबेलै त्यो भाषण किन बाहिर आएन् ? यो प्रश्न यतिबेला उठिरहेको छ ।
खासमा मन्त्री बिष्टले जेनेभामा गरेको अंग्रेजी भाषणमा शब्द उच्चारणमा केहि समस्या पक्कै देखिएको थियो ।
तर यत्ति नै कारण उनको व्यापक आलोचना गरिनु उचित हो त ?
मन्त्री बिष्टले वैदेशिक रोजगारी व्यवसायमा व्यापक सुधार अभियान सुरु गरेपछि एमाले निकट मेनपावर व्यवसायीहरु उनका विरुद्ध न्वरन देखिको बल प्रयोग गरिरहेका थिए ।
मन्त्री बिष्टले आफ्नो अभियान नरोक्ने स्पष्ट संकेत गरेपछि उनीहरु बिष्टका विरुद्ध के के गर्न सकिन्छ भनेर खोज्न थाले । यत्तिकैमा केहि नेकपाकै नेताहरुको सहभागीतामा बागबजारमा मेनपावर व्यवसायीहरुको अनौपचारिक बैठक बसेर बिष्टका विरुद्ध प्रोपागाण्डा मच्चाउने निर्णय गरिएको थियो । केहि नेकपाकै नेताहरुको अग्रसरतामा बसेको सो बैठककै योजना अनुसार मन्त्री बिष्ट विरुद्ध प्रचार सामग्री खोज्न थालिएको श्रोतले बतयो ।
सोही सिलशिलामा उनीहरुले खोज्दै जाँदा बिष्टले जेनेभामा गरेको भाषण फेला पारेर प्रचारमा ल्याए । वास्तवमा मन्त्री बिष्टको बिरोध गर्ने कुनै पनि अस्त्र फेला नपरेपछि उनको अंग्रेजी लवजलाई प्रचारमा ल्याईएको हो ।
मेनपावर व्यवसायी र केहि नेकपाकै नेताहरुले यति बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई मन्त्री बिष्टका कारण सरकारको बेईजत भएको भन्दै हटाउन लबिङ गरिरहेको पनि श्रोतले बतायो । ‘मन्त्री बिष्टले सुधारको काम गरेपछि अत्तालिएका मेनपावर व्यवसायीले केहि नेकपा कै नेताहरुकै अगुवाईमा भेला बसेर अंग्रेजी भाषण काण्ड उछालिएको हो’, श्रोतले भन्यो ।
अहिले ओली सरकारमा श्रम मन्त्री बिष्ट, सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र गृहमन्त्री राम बहादुर थापाले मात्रै सन्तोष जनक काम गरिरहेका छन् । तर यीनै ३ जना मन्त्रीहरुलाई हटाएर ओली सरकारलाई थप अलोकिप्रय बनाउने अभियानमा व्यवसायीहरु लागिपरेका छन् र केहि नेकपाकै नेताहरुले पनि सहयोग गरिरहेको आरोप लागिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.