सनराइज बैंकले शुरु गर्यो मिसकल बैकिङ्ग सेवा, स्मार्टफोन नभए पनि लिन सकिने

  २०७५ असार ६ गते १७:०९     विकासन्युज

काठमाडौं । सनराइज बैंक लिमिटेडले मिसकल बैकिङ्ग सेवा शुभारम्भ गरेको छ । बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखि उक्त सेवा शुरु गरेको हो ।

यस सेवा अन्तर्गत ग्राहकले आफुलाई आवश्यक परेको बैंकिङ्ग सुविधाहरु लिनको लागि बैंकले तोकेका निम्न नम्वरहरुमा मिसकल गरी प्राप्त गर्न सकिनेछ । जसमा ९८५११४७२७३ नं. मा मिसकल गरी आफ्नो खातामा रहेको मौज्दात(ब्यालेन्स)को जानकारी, ९८५१११७२७२नं. मा मिसकल गरी १०० रुपैयाँ बराबरको मोवाईलमा रिचार्ज (टपअप) गर्ने सुविधा, ९८५१११७२७५नं. मा मिसकल गरी खाताको अन्तिम ४ वटा कारोवारको जानकारी(मिनि स्टेटमेन्ट) र ९८५११८७२७४ नं. मा मिसकल गरी बैंकले प्रदान गर्ने विभिन्न सुविधाको बारेमा जानकारी लिन सकिने बैंकले जनाएको छ ।

उक्त सुविधा लिनको लागि बैंकका ग्राहकको मोबाइल नम्बर बैंकको मोबाइल बैंकिङ्ग सेवामा रजिष्टर गरिएको हुनुपर्नेछ । ग्राहकहरुसँग स्मार्ट फोन नभएता पनि उक्त सेवा लिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.