गण्डकी विकास बैंकको तीन शाखा विस्तार, असारसम्म थप १५ वटा संचालनमा ल्याउने

  २०७५ असार ३ गते १८:१७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले थप तीन नयाँ शाखा विस्तार गरेको छ । बैंकले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा नयाँ कार्यालयहरुको विस्तार गरी कारोबार शुरु गरेको छ ।

यो संगै बैंकको शाखा सञ्जाल विभिन्न ६२ स्थानमा पुगेको छ । बंैकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप परिचालन, विभिन्न प्रकारका कर्जा प्रवाह गर्नुका साथै ग्राहकका लागि आधुुनिक बैंकिङ्ग सेवा प्रदान गरिने जनाईएको छ ।

साथै बैकका विभिन्न ठाउँमा १५ वटा शाखाहरु निर्माणधिन अवस्थामा रहेका छन् । बैकले यी शाखाहरु यसै आर्थिक वर्ष भित्र संचालनमा ल्याउने लक्ष्य लिएको छ । यस पश्चात बैंकका कुल ७७ वटा शाखा र देशका सातै प्रदेशवाट बैंकिङ्ग सेवा प्रदान हुने प्रमुख कार्यकारी अधिकृत रेशम वहादुर थापाले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.