सामसङ मोबाइलको नयाँ सर्भिस् सेन्टर मकवानपुरको हेटौंडामा

  २०७५ जेठ ३ गते १९:००     विकासन्युज

काठमाडौं । सामसङ नेपालले हालै मकवानपुरको हेटौंडामा आफ्नो आधिकारिक सर्भिस् सेन्टर शुभारम्भ गरेको छ । नारायणी मलको तेस्रो तल्लामा अवस्थित नयाँ सर्भिस् सेन्टरको शुभारम्भ सामसङ ईण्डियाका उपाध्यक्ष वाई विवनलले गरेका हुन् ।

बिक्री पछिको गुणस्तरीय सेवा तथा निरन्तर ग्राहकमुखी सेवा प्रदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो १३औं आधिकारिक सर्भिस् सेन्टर हेटौंडामा खोलेको छ । यस अघि कम्पनीले काठमाडौं (सुन्धारा, पाको, कमलादी) जावलाखेल, पोखरा, नारायणगढ, इटहरी, विरगञ्ज, नेपालगञ्ज, विराटनगर, बुटबल तथा विर्तामोडमा आफ्नो आधिकारिक सर्भिस सेन्टरहरु खोलिसकेको छ ।

हेटौंडामा सामसङको यो पहिलो सर्भिस सेन्टर हो । यस सेन्टरबाट मकवानपुर जिल्ला तथा आसपास क्षेत्रका ग्राहकहरुले लाभलिन सक्ने कम्पनीको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.